चुनावी सरगर्मीबीच विनोद ढकाललाई पितृशोक, एमालेले अभियान निरन्तरता दिने

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको अन्तिम चरणमा मोरङ–६ का एमाले उम्मेदवार विनोद ढकाललाई पितृशोक परेको छ । उनका १०१ वर्षीय पिता विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगर–५ स्थित निवासमा निधन भएको हो ।

शोकका कारण ढकाल केही दिन चुनावी गतिविधिबाट टाढा रहनेछन् । उनको अनुपस्थितिमा एमालेले पूर्वमन्त्री लालबाबु पण्डितलाई चुनावी कमाण्डर तोक्दै घरदैलो, मतदाता भेटघाट र प्रचार अभियानलाई संगठनात्मक रूपमा निरन्तरता दिने निर्णय गरेको छ ।

एमाले मोरङका नेताहरूले उम्मेदवार शोकमा भए पनि पार्टी एकजुट भएर अभियान अघि बढ्ने बताएका छन् । मोरङ–६ मा एमालेका ढकाल र कांग्रेसका डा. शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

चुनावी अन्तिम घडीमा परेको पितृशोकले चुनावी माहोललाई भावनात्मक बनाएको छ भने क्षेत्रको राजनीतिक चासो थप बढेको छ ।