गुल्मी–बागलुङ जोड्ने १३२ केभी प्रसारणलाइन परीक्षणमा, दुई दिनपछि नियमित सञ्चालन

गुल्मी । गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्तिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित निर्माण गरिएको १३२ केभी डबल सर्किट प्रसारणलाइन आजदेखि परीक्षण चरणमा प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरण ले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न गरेको उक्त प्रसारणलाइनबाट १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण प्रवाह सुरु गरिएको हो।

बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना अन्तर्गत निर्माण गरिएको यो संरचना गुल्मी र बागलुङका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–७ अन्तर्गत उनाएचौरस्थित तम्घास सवस्टेसनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्म प्रसारणलाइन जोडिएको छ।

आयोजना प्रमुख मनोज चौधरीका अनुसार दुई दिनसम्म परीक्षण सफल भएपछि मात्रै लाइनलाई नियमित सञ्चालनमा ल्याइनेछ। उनले गुल्मीको रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिका हुँदै बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकासम्म प्रसारणलाइन विस्तार गरिएको जानकारी दिए।

उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रसारणलाइनका टावरमा नचढ्न, तार तथा संरचनालाई नछुन, टावर वरपर नजान र घरेलु जनावर खुला नछाड्न अनुरोध गरिएको छ। परीक्षणका क्रममा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउन भनिएको छ।

चार अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतमा सम्पन्न यस आयोजनाबाट गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो, स्थिर र सुदृढ हुने अपेक्षा गरिएको छ। कपिलवस्तुको मोतिपुर सवस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।