२०७४ सालदेखि जसपा नेपालको एउटै एजेन्डा

रातोपाटी

सारांश
जसपा नेपालले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाउँदै आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ।
पार्टीले आर्थिक वृद्धि, गरिबी निवारण, र कृषि विकासका लागि विभिन्न प्रतिबद्धता जनाएको छ।
जसपा नेपालले विगतका निर्वाचनमा गरिएका प्रतिबद्धताहरूलाई निरन्तरता दिने जनाएको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल ९तत्कालीन संघीय समाजवादी फोरम नेपाल० ले पाँच वर्षअघि अर्थात् २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअगाडि जारी गरेको घोषणापत्रमा संविधान संशोधनबारे यस्तो उल्लेख गरेको थियो– ‘संविधान संशोधनको यो समग्र प्रक्रियामा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० को सकारात्मक दृष्टिकोण रहे पनि नेकपा एमालेको सङ्कीर्ण र एकल जातीय सर्वसत्तावादी दृष्टिकोणका कारण सामान्य बन्दै गएको परिस्थिति बिथोलिएको छ। त्यसैले हाम्रोसामु संवैधानिक रूपमा यो संविधान संशोधनरपुनर्लेखनका लागि आन्दोलनको विकल्प छैन।’

सो घोषणापत्रमा दलले अझ विस्तृत रूपमा शासकीय स्वरूपमा परिवर्तन, संघीय संरचनाहरूको निर्माण, न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना, संवैधानिक निकायहरूलाई बलियो बनाउने, जनलोकपालजस्ता निकायहरूको गठन, उत्पीडित समुदायको हक, अधिकार र पहिचान सुनिश्चित गर्ने, नागरिकतामा विद्यमान लैङ्गिक विभेद अन्त्य गर्ने, धर्मनिरपेक्षताको व्याख्यालाई सुस्पष्ट पार्ने, र राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक लोकतन्त्रजस्ता समावेशी लोकतन्त्रका आधारभूत पक्षहरूलाई संस्थागत गर्दै सामाजिक न्याय स्थापित गर्न संविधान संशोधनरपरिमार्जन अपरिहार्य रहेको उल्लेख गरेको थियो। यसर्थ, संविधान संशोधनलाई अहिलेको सङ्घर्ष र समाधानको मुख्य विषय बनेको जनाएको छ ।

आगामी फागुन २१ गते हुने उपनिर्वाचनका लागि पनि जसपा नेपालले राजनीतिक, आर्थिक, सामाजिक, समावेशी तथा सांस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्नेलगायत विषयहरूमा संविधानविज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरी उक्त आयोगको सुझावका आधारमा संविधान संशोधनरपरिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

ीबहmष् कगलचष्कभ दबलप
यसरी यो दल तेस्रो पटक निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको छ। २०७४ सालको निर्वाचनदेखि अहिलेसम्म उसले उठाएका चुनावी मुद्दाहरू जस्ताको त्यस्तै छन्। संविधान २०७२ जारी भएदेखि नै जसपा नेपालले यसको पुनर्लेखन तथा संशोधनको माग उठाउँदै आइरहेको छ, र आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पनि यही एजेन्डालाई मुख्य रूपमा अगाडि सारेको छ।

अर्थका कुरा

संविधान संशोधनबाहेक, अन्य विकास योजनासम्बन्धी पार्टीका प्रतिबद्धताहरूमा पनि समान प्रवृत्तिको निरन्तरता देखिन्छ । २०७९ को प्रतिबद्धतापत्रमा उल्लेख भएअनुसार, जसपा नेपालले तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माणमा जोड दिँदै पाँच, १० र २५ वर्षे विकास योजना तर्जुमा गर्ने घोषणा गरेको थियो । यसबाहेक, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थिर पुँजीका रूपमा विकास गर्ने, पाँच वर्षभित्र निरन्तर दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एकल अंकमा सीमित गर्ने प्रतिबद्धता पनि सोही समयमा व्यक्त गरिएको थियो ।

जसपा नेपालले २०७९ को चुनावमा परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक, आत्मनिर्भर औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न कृषिमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको थियो। कृषिको वैज्ञानिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्दै कृषि फार्महरूको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थहरूमा आत्मनिर्भर हुने घोषणा पनि गरिएको थियो ।

चालु सिँचाइ योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा पाँच वर्षभित्र सुनकोशी–कमला, भेरी–बबई, कर्णालीलगायत ठुला नदीहरूबाट पानी डाइभर्सन गरी देशैभरि सिँचाइ सुविधा पुर्‍याउने नीति लिने प्रतिबद्धता पनि २०७९ को घोषणापत्रमा समावेश थियो । सोही अवधिमा गरिबीलाई पाँच वर्षभित्र मुक्त गर्ने र दुई वर्षभित्र कृषि विकासका लागि नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रतिबद्धता पनि जनाइएको थियो ।

स्थायी लेखा ९प्यान० मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट ५० लाख रुपैयाँ पुर्‍याउने, पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर बन्ने, जलविद्युतलाई निर्यातको मुख्य उत्पादन बनाई आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिबद्धता पनि जसपा नेपालले २०७९ मा व्यक्त गरेको थियो । साथै, बेरोजगार नागरिकलाई बेरोजगार भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता पनि सोही समयमा जनाइएको थियो ।

२०७४ को निर्वाचनमा पनि जसपा नेपालले लगभग उस्तै प्रतिबद्धताहरू जनाएको थियो। त्यसबेलाको घोषणापत्रमा ‘विकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने र यसका लागि पाँच वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने’ उल्लेख थियो। पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थिर पुँजीका रूपमा विकास गर्ने, दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय दोब्बर पुर्‍याउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने घोषणा पनि २०७४ को चुनावमा गरिएको थियो ।

१० वर्षभित्र आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै देशलाई विकासशील मुलुकमा रूपान्तरित गर्ने र २५ वर्षभित्र मुलुकका स्रोत साधनहरूको अधिकतम उपयोग गरी विकसित मुलुकको दाँजोमा पुर्‍याउने लक्ष्य पनि तय गरिएको थियो ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पनि जसपा नेपालले विगतका प्रतिबद्धताहरूकै निरन्तरता स्वरूप केही लक्ष्यहरू तोकेको छ। गरिबीको रेखामुनि रहेका जनसंख्यालाई आगामी ५ वर्षभित्र १० प्रतिशतमा झार्ने, साक्षरता दरलाई ९० प्रतिशत पुर्‍याउने, हुलाकी राजमार्ग परियोजना आगामी ५ वर्षभित्र सम्पन्न गर्ने र काठमाडौँ–निजगढ द्रुतमार्गलाई आगामी २ वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा गरिएको छ ।

कृषिका कुरा

कृषि क्षेत्रमा पनि जसपा नेपालका प्रतिबद्धताहरूमा खासै परिवर्तन देखिएको छैन। २०७९ को चुनावमा पार्टीले परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक, आत्मनिर्भर औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्न कृषिमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिने, कृषिको वैज्ञानिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने, कृषि फार्महरूको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थमा आत्मनिर्भर हुने बताएको थियो। साथै, चालु सिँचाइ योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने र पाँच वर्षभित्र सुनकोशी–कमला, भेरी–बबई, कर्णालीलगायत ठुला नदीहरूबाट पानी डाइभर्सन गरी देशैभरि सिँचाइ सुविधा पुर्‍याउने नीति लिने प्रतिबद्धता जनाएको थियो ।

तर, २०७४ को घोषणापत्रमा पनि यी कुराहरू लगभग जस्ताको त्यस्तै उल्लेख थिए। परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक, आत्मनिर्भर औद्योगिक अर्थतन्त्रमा प्रवद्र्धन गर्न कृषिमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिने, कृषिको वैज्ञानिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने तथा कृषि फार्महरूको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थमा आत्मनिर्भर हुने कुरा २०७९ को प्रतिबद्धतापत्रमा कुनै फेरबदल नगरी राखिएको थियो। चालु सिँचाइ योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा पाँच वर्षभित्र सुनकोशी–कमला, भेरी–बबई लगायत ठुला नदीहरूबाट पानी डाइभर्सन गरी देशभरि सिँचाइ सुविधा पुर्‍याउने प्रतिबद्धता पनि पुरानै थियो ।

आगामी फागुन २१ गते हुने उपनिर्वाचनका लागि पनि जसपा नेपालले कृषि क्षेत्रमा उस्तै प्रकृतिका प्रतिबद्धताहरू दोहोर्‍याएको छ। पार्टीले वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती र आधुनिक प्रविधिमार्फत कृषिलाई प्रतिस्पर्धी, दिगो र व्यावसायिक बनाउने घोषणा गरेको छ । यसका लागि वैज्ञानिक चक्लाबन्दी कार्यक्रम लागू गर्ने, सहकारीमा आधारित सामूहिक खेती विस्तार गर्ने, यान्त्रीकरण र सिँचाइ प्रणालीलाई तीव्र रूपमा विस्तार गर्ने, आधुनिक भण्डारण तथा शीतभण्डार प्रणाली विस्तार गर्ने, उत्पादित वस्तुको उचित मूल्य निर्धारण तथा बजार व्यवस्थापन गर्ने, विशेष कृषि क्षेत्रहरूको विकास र प्रवर्द्धन गर्ने तथा कृषि उत्पादनको प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। ुभर्टिकल फार्मिङु प्रवर्द्धनमार्फत आगामी वर्षभित्र पचास लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी योजना पनि अगाडि सारिएको छ ।