तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, ओली र लेखक ५ दिन हिरासतमै रहने

२०८२ चैत १५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति, पूर्वमन्त्री दीपक खड्का पक्राउ, कांग्रेसमा समानान्तर गतिविधि, इनिशा विक हत्या प्रकरणमा अभियोगपत्र दर्ता, एमाले कार्यकर्ताद्वारा विरोध प्रदर्शन लगायत छन् ।

१। तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएको छ । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालमाथि सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको हो ।

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखक अनुसन्धानको क्रममा ५ दिन हिरासतमा रहने भएका छन् । प्रहरीले आइतबार दुवैको सम्बन्धमा हिरासतमा राखेर अनुसन्धानका लागि अदालतसमक्ष म्याद माग गरेको थियो । य