चैत्र महिनामा जोगवनी नाकावाट ८ हजार भारतीय पर्यटक नेपाल प्रवेश

विराटनगर । गएको महिना चैत्र महिनामा जोगवनी नाकावाट ८ हजार २ सय ३७ भारतीय पर्यटकहरु विराटनगर प्रवेष गरेका छन ।

प्रवेष गर्नेहरुमा वृद्ध १ सय १५ जना , वृद्धा ६६ जना , पुरुष ५ हजार ८ सय ४४ जना , महिला १ हजार ५ सय १३ जना , वालक ३ सय ९३ जना र वालिका ३ सय ६ जना जोगवनी विराटनगर नाकावाट भारतीय पर्यटकहरु प्रवेष गरेका छन । त्यसेगरी वस १९ वटा , कार १ हजार ७ सय ४८ वटा र अन्य १७ वटा सवारी साधनहरु जोगवनी नाकावाट नेपाल प्रवष गरेको छ ।

यसरी चैत्र महिनामा जम्म १ हजार ७ सय ८४ वटा सवारी साधनहरु नेपाल प्रवेस गरेको छ । भारतीय सवारी साधन नेपाल प्रवेष गर्दा राजयलाई जम्मा कर ९ लाख ५९ हजार राजश्व असुलउपर भएको छ । वस वाट प्रतिवस वाट १५०० सयको दरले २८ हजार ५ सय , कारवाट प्रतिकार वापत ५ सयको दरले८ लाख ७४ हजार र अन्य वाट प्रति अन्यवाट २ सयको दरले ३४ सय राजश्व नेपाल सरकारको यातायात रोट प्रमिट चोकीले असुल उपर गरेको जानकारी दिएका छन ।