जेष्ठ महिनामा जोगवनी नाकावाट १२ हजार भारतीय पर्यटक विराटनगर प्रवेस गरेकाछन


सत्यनारायण शर्मा
विराटनगर । विराटनगर । गएको महिना जेष्ठ महिनामा जोगवनी नाकावाट १२ हजार ७५ जना भारतीय पर्यटकहरु विराटनगर प्रवेष गरेका छन ।

प्रवेष गर्नेहरुमा वृद्ध ९२ जना , वृद्धा ५२ जना , पुरुष ८ हजार १ सय ६५ जना , महिला २ हजार ३ सय ७२ जना , वालक ८ सय २६ जना र वालिका ५ सय ६८ जना गरी जम्मा १२ हजार ७५ जना जोगवनी विराटनगर भन्सार नाकावाट भारतीय पर्यटकहरु प्रवेष गरेका छन । त्यसेगरी वस १३ वटा , कार, जिप २ हजार ३ सय ५२ वटा र अन्य मोटरसाइकल ४२ वटा गरी जम्मा २ हजार ४ सय ७ वटा सवारी साधनहरु जोगवनी नाकावाट नेपाल प्रवष गरेको छ ।

भारतीय सवारी साधन नेपाल प्रवेष गर्दा राजयलाई जम्मा कर १२ लाख ३ हजार ९ सय राजश्व असुलउपर भएको छ । वस वाट प्रतिवस वाट १५०० सयको दरले १९ हजार ५ सय , कार जिप वाट प्रतिकारजिप वापत ५ सयको दरले ११ लाख ७६ हजार र अन्य मोटरसाइकलवाट प्रति अन्यवाट २ सयको दरले ८ हजार ४ सय राजश्व नेपाल सरकारको यातायात रोट प्रमिट चोकीले राजश्व उठाएको जानकारी र पर्यटक नेपाल प्रहरीका प्रसनी सुमन वस्नेतले जानकारी गराएका छन ।