भरुवा बन्दुकसहित दुई जना पक्राउ

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट एक नाल भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरीका अनुसार असार १७ गते इलाका प्रहरी कार्यालय खान्द्रुङबाट गस्तीमा खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–६ मा सवारी चेकजाँच गर्ने क्रममा प्र.१–०१–०१४ प ६०४५ नम्बरको मोटरसाइकल रोकेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका–५ निवासी दिलबिर माखिम र पछाडि सवार मनकुमार माखिमको साथबाट एक नाल खाली भरुवा बन्दुक फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।