आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थीक वर्ष २०८२–०८३ सालमा जम्मा १० अर्व ३०  करोड ५३ लाख रुपैयाँ राजश्व  उठाए

सत्यनारायण शर्मा
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा १० अर्ब ३० करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका कर अधिकृत तथा सूचना अधिकारी नवराज भट्टराईका अनुसार यो रकम गत आर्थिक वर्षको तुलनामा करिब १ अर्ब रुपैयाँ बढी हो।

कार्यालयले चालु आर्थिक वर्षका लागि १२ अर्ब १० करोड २९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसकी १० अर्ब ३० करोड ५३ लाख रुपैयाँ मात्र असुली भएको हो।

गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयको राजस्व संकलन लक्ष्य १० अर्ब ८१ करोड ६५ लाख रुपैयाँ रहेकोमा ९ अर्ब ६१ करोड ६ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

यस आर्थिक वर्षमा आयकरतर्फ ४ अर्ब ९९ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४ अर्ब ४ करोड २५ लाख रुपैयाँ मात्र संकलन भएको छ।

त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २ अर्ब ८८ करोड ८४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

यस्तै, अन्तःशुल्कतर्फ ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा ३ अर्ब १५ करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

समग्रमा, कार्यालयले १२ अर्ब १० करोड २९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि १० अर्ब ३० करोड ५३ लाख रुपैयाँ मात्र राजस्व असुल गर्न सफल भएको छ।