संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० खराडबजारमा नगद हारजित हुने गरी तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बुधबार साँझ करिब ५ः२० बजे दिनेश राईको घरमा जुवाजन्य खेल तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले तास खेलिरहेको अवस्थामा नगद ५७ हजार २ सय ७० रुपैयाँ र तासका तीन बुङ बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१० का ६० वर्षीय उमेश राउत, ४७ वर्षीय कमल राई, ५० वर्षीय नेत्र विष्ट, ४३ वर्षीय यमप्रसाद राई र ३४ वर्षीय दुर्गा रायमाझी रहेका छन् ।
पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




