विराटनगर । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध चयन भएको छ। आइतबार सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ ८ र उद्योगतर्फ ८ गरी १६ सदस्यका लागि आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले संघका पदाधिकारीसमेत चयन गरेको छ। बैठकले अनिल कुमार साहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकास कुमार बेगवानी, उद्योग उपाध्यक्षमा संजय कुमार श्रेष्ठ, महासचिवमा अमित कुमार सारदा, सचिवमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिष कुमार मारु तथा प्रवक्तामा सुशिल सुराना चयन भएका छन्।
निर्वाचनबाट निर्विरोध निर्वाचित राजेश कुमार अग्रवाल आर्थिक समिति संयोजकका रूपमा रहेका छन्। त्यस्तै विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।
संघले डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ। संघको विधानअनुसार निवर्तमान अध्यक्ष अनुपम राठी ३५औँ कार्यसमितिको पदेन सल्लाहकार रहनेछन्।
त्यसैगरी, नवगठित कार्यसमितिले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको छ।
संघले महिला उद्यम समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठलाई मनोनयन गरेको जनाएको छ।
निर्वाचनमा प्रतिस्पर्धा नभई कार्यसमिति सर्वसम्मत रूपमा चयन भएपछि संघको आगामी नेतृत्वले उद्योगी–व्यवसायीका समस्या समाधान, लगानी प्रवद्र्धन तथा विराटनगरको औद्योगिक–व्यावसायिक विकासका विषयमा थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।




