विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा असोज ४ गते उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङका ८ जना, सुनसरीका १ जना, ताप्लेजुङका ४ जना र उदयपुरका १ जना रहेका छन्।
पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको ३ वर्ष ३ महिना कैद सजाय तथा २ लाख ५३ हजार १ सय रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ।




