नयाँ दिल्ली । दिल्ली प्रहरीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई रिहा गरेको छ ।
हिरासतबाट मुक्त भएपछि पत्रकारहरूसँग कुरा गर्दै बनर्जीले भनिन्, ुअहिले हामी केही बोल्दैनौँ, किनकि भोलि इन्डिया गठबन्धनले एकजुट भएर विरोध प्रदर्शन गर्ने आह्वान गरेको छ । हामी सबै एकसाथ छौँ । म अनुशासन र व्यवस्थाको उल्लंघन गर्न सक्दिनँ, यस मामिलामा म निकै अनुशासित छु ।
उनले थप भनिन्, ुराष्ट्रपतिले हामीसँग कुनै प्रमाण नभएको बताउनुभएको छ । यदि छानबिन गर्ने हो भने प्रमाण चाहिन्छ । हामीले उहाँलाई भनेका छौँ– ठीक छ, हामी प्रमाण दिनेछौँ ।ु
यसअघि दिल्ली प्रहरीले शनिबार बनर्जीसहित उनको पार्टीका पाँच जना नेताहरूलाई साउथ एभिन्युस्थित एक बस बिसौनीबाट नियन्त्रणमा लिएको थियो ।
बनर्जीका अनुसार उनी विरोध प्रदर्शनका लागि जन्तर–मन्तर जान चाहन्थिन्, तर प्रहरीले उनलाई त्यहाँ जान रोकेको थियो । प्रहरीले रोकेपछि उनी आफ्नो निवासबाहिर नै धर्नामा बसेकी थिइन्, जहाँबाट प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।




