
विराटनगर,जेष्ठ ०६ गते ।
झापाको इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाईकल र अटो टेम्पो चोरीमा संलग्न ४ जनालाई चोरीको मोटरसाईल तथा अटो टम्पो सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(३ घर भई हाल कनकाई नगरपालिका ६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तमोड ७ का २७ वर्षीय जागिर आलम रहेका छन । झापा जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल चोरी भएको भन्ने निवेदन प्रहरी कार्यालयमा प्राप्तहुनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई चोरीका ४ वटा मोटरसाईकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो । उनिहरुले बिर्तामोड एरियाका बिभिन्न स्थानहरुबाट मे. ८ प २११६ नम्बरको Avenger, प्रदेश १–०१० –१५ प ९२४२ नम्बरकोSuper Spender मे। ९ प ३६१८ नम्बरको PULSAR, प्रदेश ३ –०२–००९ प ५१२७ नम्बरको STRYKER मोटरसाईकल र मे .१ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्वर प्लेट परिवर्तन गरेर चलाउदै आएका थिए । पक्राउ परेका उनिहरुको चोरी सम्वन्धि कसुरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।