
विराटनगर जेठ २२ गते ।
संखुवासभाको मादी नगरपालिका–९ फविङ स्थित पिलुवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर पाँचखपन नगरपालिका–९ का लोक मान लिम्बु को १३ बर्षीया छोरी समिक्षा लिम्बुको मृत्यु भएको छ भने चैनपुर नगरपालिका–२ का काली बहादुर राईको १३ बर्षीया छोरी दिक्षा राईलाई घाईते भएकि छिन । जेठ २१ गते पिलुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको जानकारी पाउनासाथ प्रहरी चौकी नुनढाकीबाट प्रहरी टोली खटि स्थानियको सहयोगमा समिक्षा लिम्बुलाई मृत अवस्थामा र दिक्षा राईलाई घाईते अवस्थामा उद्दार गरेको थियो । दिक्षा राईको बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा थप उपचार भईरहेको छ ।