प्रतिबन्धित लागू औषध सहित ८ जना पक्राउ

विराटनगर, असार २५ गते ।
मोरङ, सुनसरी र धनकुटाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रहरीले प्रतिबन्धित लागू औषध सहित ८ जनालाई पक्राउ गरेको छ । जस अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतबाट खटिएको प्रहरी टोलीले ९ किलो ५ सय ग्राम लागू औषध गाँजा सहित भोजपुरको आमचोक ८ का २१ बर्षीय अंकित मगर र ४ सय मिलिग्राम ब्राउन सुगर सहित सुनसरीको बराहक्षेत्र ६ का २० बर्षीय रोसिता गिरी, बराहक्षेत्र ९ की २० बर्षीया रस्मिता राई, ईटहरी ३ का २२ बर्षीय समित राई र ईटहरी ५ का २० बर्षीय प्रसाङ ढकाललाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी ३ का ३० बर्षीय बुद्दराज राई र ३० बर्षीय पुष्पा थापालाई ब्राउन सुगर १ ग्राम ६ मिलिग्राम सहित र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले धनकुटाको पाख्रीबास ४ का २७ वर्षीय मिगुर शेर्पालाई २२ पिस ट्याब्लेट र २२ पिस क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।