
वेलिङ्गटन । न्युजिल्याण्डको संसदमा माओरी हाका प्रदर्शन गर्ने तीन सांसदविरुद्ध कारबाही गरिएको छ । संसद्ले बिहीबार मतदानपछि तीनै सांसदहरूलाई निलम्बन गरेको हो । यी सांसदहरूले प्रस्तावित कानुनको विरोधमा माओरी हाका प्रदर्शन गरेका थिए ।
संसदबाट निलम्बित हुनेमा हाना–रावहिती मापेई–क्लार्क, डेबी नागरेवा–प्याकर र रविरी वैतीती छन् । हानालाई सात दिन र अरू दुई जनालाई २१ दिनको लागि संसदमा प्रतिबन्ध लगाइएको छ ।
यी तीन सांसदहरू माओरी पार्टीका हुन् । न्युजिल्याण्डको संसदमा सांसदहरूलाई यसअघि यति धेरै दिनका लागि कसैलाई पनि निलम्बन गरिएको थिएन । यसअघि यो समय केवल तीन दिन थिए ।
नोभेम्बरमा गरेका थिए विधेयकको विरोध संसद्बाट निलम्बित गरिएका सांसदहरूले गत वर्ष नोभेम्बरमा एउटा विधेयकको विरोधमा माओरी हाका प्रदर्शन गरेका थिए । यो विधेयक लागू गरेर माओरी जनताको अधिकार घटाउन लागिएको यी सांसदहरूले चिन्ता व्यक्त गरेका थिए ।
विरोध प्रदर्शनका कारण संसद्मा महिनौँसम्म बहस चलेको थियो । अन्ततः बिहीबार घण्टौको बहसपछि, संसद्ले तीन सांसदहरूलाई निलम्बन गर्ने निर्णय भएको थियो ।