एजेन्सी
बिहीबार, १३ कात्तिक
काठमाडौँ । जमैकाको इतिहासको सबैभन्दा शक्तिशाली आँधी मेलिसाले त्यहाँ वितण्डा मच्चाएको छ। शक्तिशाली आँधी र भारी वर्षाले घर र पूर्वाधारहरू ध्वस्त पारेको छ । बाढीका कारण क्यारेबियन टापु क्षेत्रभर दर्जनौँ मानिसहरूको मृत्यु भएको बताइएको छ ।
बुधबार जमैकामा यसको प्रभाव विशेष गरी गम्भीर थियो, बुधबार मेलिसाले ५ श्रेणीको आँधी बन्यो । जमैकामा अहिलेसम्म कम्तीमा ५ जनाको मृत्यु पुष्टि भइसकेको । हैटीमा कम्तीमा अरु २० जनाको ज्यान गएको बताइएको छ ।
जमैकामा धरै मानिसहरू अझै पनि छतमा फसेका छन्, र बिजुली आपूर्ति बन्द छ। प्रधानमन्त्री एन्ड्रयू होलनेसले देशभरि पूर्ण विनाशको अवस्था भएको भनेका छन् । आँधीले देशको धेरैजसो भाग अन्धकारमा डुबेको छ । फोन सेवाहरू अवरुद्ध भएका छन्।