विराटनगर, पुस २८ गते
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज गाउँपालिका २ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर ७ का बिमल मेचे, मेचीनगर ११ का प्रबिन राई, बासु राजबंशी, सुरेश खड्का, मेचीनगर ८ का कविस मेचे, बुद्धशान्ती ४ का कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ती ३ का सन्दिप सराईली र बुद्धशान्ती १० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र नगद ३७ हजार ५ सयँ रुपैया सहित नियन्त्रणमा लिएको छ । सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान ११ का विकाश कार्की र धरान(१२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।