
कुवेर गिरीकुवेर गिरी
सारांश
टिकटकबाट करियर सुरु गरेकी स्मारिका ढकालले ुमुग्लानु फिल्मबाट डेब्यु गरेकी छिन्।
फिल्ममा राधाको भूमिका निभाएकी स्मारिकाले गुल्मेली लवज सिकेकी थिइन् र वर्कसपमा भाग लिएकी थिइन्।
उनले ५०० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् र अहिले बौद्धमा जिम सेन्टर पनि चलाउँछिन्।
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक अहिले धेरैका लागि आफ्नो कला प्रकट गर्ने माध्यम बनेको छ । अहिलेकी व्यस्त मोडल तथा कलाकार स्मारिका ढकालको यात्रा पनि टिकटकमा भिडियो बनाएर सुरु भएको थियो । पाँच वर्षअघि झापाको आफ्नै गाउँमा बसेर टिकटक भिडियो बनाउन सुरु गर्दै गर्दा जुम्ल्याहा दिदीबहिनी स्मारिका र समारिका ‘भाइरल’ हुँदै कलाकारितामा छाइएला भनेर सायदै सोचेका थिए होलान् । स्मारिकाको कलाकारिता यात्राले अहिले ठुलो पर्दामा फड्को मारेको छ ।
‘मुग्लान’बाट स्मारिकाको फिल्मी यात्रा सुरु भएको छ । गत बिहीबारदेखि प्रदर्शनमा आएको यो फिल्मले न चर्चा पाएको छ, न व्यवसाय नै राम्रो गर्न सक्यो, यद्यपि हिरोइनको रूपमा काम गर्न पाएकोमा स्मारिका खुसी छिन् ।
‘फिल्मको व्यवसाय के(कस्तो भयो त्यो मेरो पाटो होइन । मलाई ठुलो पर्दामा डेब्यु गर्नु थियो । त्यो सपना यो फिल्मले पूरा गरायो,’ उनी भन्छिन्, ‘मोडलको रूपमा चिनिएकी मेरो अर्को परिचय बन्यो । बल्ल हिरोइन भएँ, व्यावसायिक रूपमा सफल भएको फिल्म पनि दिउँला नि ।‘
‘मुगलान’ उनी राधा नामकी गाउँले युवतीको भूमिकामा देखिएकी छन् । यो भूमिकाका लागि उनले गुल्मेली लवज सिक्नुपर्यो र कार्यशाला ९वर्कसप० मा निकै मिहिनेत गर्नुपर्यो । पहिलो फिल्म वर्कसपसहित जाँदा अभिनय सजिलो भएको उनको अनुभव छ ।
टिकटककी स्मारिका कसरी छानिइन् फिल्ममा रु उनले जिज्ञासा मेटाइन्, ‘म म्युजिक भिडियो अभिनय गरिरहेकी थिएँ । फिल्मका निर्देशक आशिष ढकालले अफर गर्नुभयो ।’
स्मारिक झापामा रहँदा सामान्य मनोरञ्जनका लागि टिकटकमा भिडियो बनाउँथिन् । टिकटक बनाउँदै गर्दा उनको सुन्दरता र अभिनय गर्ने शैली काठमाडौँका म्युजिक भिडियो निर्देशकहरूको नजरमा पर्यो ।
५०० बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी स्मारिकालाई अब फिल्ममा अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास त थियो, तर निर्देशकले अफर गर्ने बित्तिकै सिधै हाम फालिनन् । पहिले कथा र विषयवस्तुको बारेमा बुझिन् र त्यसपछि स्क्रिप्ट पढिन् ।
‘मैले पुरानो ‘मुग्लान’ फिल्म हेरेकी थिएँ, जुन निकै राम्रो थियो । त्यसको कथा पनि याद छ’, उनी सुनाउँछिन्, ‘त्यसैले यो फिल्ममा मलाई काम गर्न मन लाग्यो ।’
फिल्मको सुटिङ चित्लाङमा गरिएको हो । जाडोयाममा त्यहाँको कठ्यांग्रिँदो चिसोमा सुटिङ गर्दा स्मारिकालाई सकस पनि भयो । तर त्यही कठिन कामले आफूलाई थप परिपक्व बनाउन बनाएको उनको अनुभव छ । ‘म्युजिक भिडियोको काम एक(दुई दिनमा सकिन्थ्यो । फिल्मको लामो समय लाग्ने भएकाले अलि गाह्रो भएको हो,’ उनी भन्छिन् ।
भिडियोमा कसरी
स्मारिक झापामा रहँदा सामान्य मनोरञ्जनका लागि टिकटकमा भिडियो बनाउँथिन् । टिकटक बनाउँदै गर्दा उनको सुन्दरता र अभिनय गर्ने शैली काठमाडौँका म्युजिक भिडियो निर्देशकहरूको नजरमा पर्यो । कतिपय निर्देशकले उनलाई सम्पर्क गरेर भिडियोको अफर गरे । डेब्युका लागि उनले निर्देशक माइकल चन्दको ‘आँखैमा पियारा’ गीत रोजिन् । राजा राजेन्द्र पोखरेलको स्वर रहेको गीतमा उनले अभिनेता जितु नेपालसँग काम गरेकी थिइन् । तर त्यो गीत समयमा रिलिज भएन ।
त्यसपछि उनले सम्राट चौलागाईंको स्वर रहेको गीत ‘फेमस भइकन’को म्युजिक भिडियो गरिन् । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोमा उनको जोडी अभिनेता पल शाह थिए । यो नै उनको सार्वजनिक पहिलो म्युजिक भिडियो थियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । पाँच वर्षको अवधिमा विभिन्न जनराका गरी ५०० भन्दा बढी म्युजिक भिडियोमा उनले अभिनय गरिसकेकी छन् । ‘आइटम डान्सर’ को भूमिकाबाट भने उनले आफूलाई टाढै राखेकी छन् ।
कलाकारितासँगै व्यवसाय पनि गर्दैछिन् स्मारिका । ग्लामरको चम्किलो संसारमा सधैँ एकैनासको समय रहँदैन भन्ने कुरा स्मारिकाले बुझेकी छन् । त्यसैले त उनले अहिले आफूलाई अभिनयमा मात्र सीमित राखेकी छैनन् । स्नातक ९ब्याचलर० सम्मको अध्ययन पूरा गरेकी उनले हालै बौद्धमा आफ्नै जिम सेन्टर सञ्चालनमा ल्याएकी छन् । ‘कलाकारिताको समय सधैँ उस्तै नहुन सक्छ, त्यसैले विकल्पका रूपमा मैले जिम सेन्टर खोलेकी हुँ’, उनी भन्छिन् ।