डा. शोभाकर पराजुली
सारांश
बीपी कोइराला लोकतन्त्र र राष्ट्रियताको लागि एक महत्त्वपूर्ण व्यक्तित्व थिए, जसले विचार र संस्कारलाई जोड दिए।
लेखमा राजनीतिक अस्थिरता, वैचारिक विचलन र दलगत अवसरवाद जस्ता वर्तमान समस्याहरूमा बीपीको विचारको सान्दर्भिकताको चर्चा गरिएको छ।
बीपी कोइरालाको विचारहरू लोकतन्त्र, राष्ट्रियता, समाजवाद र पार्टी राजनीतिमा केन्द्रित थिए, र उनले नैतिकता र सिद्धान्तलाई सत्ताभन्दा माथि राखे।
नेपालको आधुनिक राजनीतिक इतिहासमा बीपी कोइराला केवल एक व्यक्तित्व होइनन्, एक विचार–परम्परा हुन् । उनी लोकतन्त्रका लागि लड्ने नेता मात्र होइन, लोकतन्त्रलाई बाँच्ने संस्कार बनाउने चिन्तक पनि थिए ।
आज जब नेपाल राजनीतिक अस्थिरता, वैचारिक विचलन, दलगत अवसरवाद र जन–राजनीतिबिच दूरीको सङ्कटबाट गुज्रिरहेको छ, तब प्रश्न उठ्छ– बी।पी। कोइराला आज पनि प्रासङ्गिक छन् त रु
उत्तर सरल छ– आज त झन् उनी अझ बढी प्रासङ्गिक छन् ।
लोकतन्त्रस् प्रक्रिया होइन, संस्कार
बीपी कोइरालाले लोकतन्त्रलाई केवल निर्वाचनको अङ्कगणितमा सीमित गरेनन् । उनका लागि लोकतन्त्र भनेको मानव गरिमा, स्वतन्त्रता र विवेकको रक्षा थियो । उनले भनेका थिए– ‘लोकतन्त्र जनताको आत्मसम्मानसँग जोडिएको व्यवस्था हो ।’
आजको नेपालमा लोकतन्त्र प्रक्रियागत रूपमा चलिरहेको देखिए पनि, यसको आत्मा कमजोर हुँदै गएको छ । संसद् हुँदाको अवस्थामा नामको प्रतिनिधि सभा थियो, तर संवाद कमजोर रह्यो ।
आज जब नेपाल भू–राजनीतिक तानातानको चपेटामा छ, बीपीको सन्तुलनवादी दृष्टिकोण झनै सान्दर्भिक देखिन्छ ।
अहिले दल छन्, तर आन्तरिक लोकतन्त्र छैन । चुनाव हुन्छ, तर जनतामा आशा घट्दै गएको छ । यस्तो अवस्थामा बीपीको चेतावनी झल्किन्छ– लोकतन्त्रको औपचारिकता भन्दा यसको नैतिक आधार बलियो हुनुपर्छ ।
राष्ट्रियतास् आक्रोश होइन, आत्मविश्वास
आज राष्ट्रियताको बहस प्रायः चर्को नारामा सीमित छ– को बढी राष्ट्रवादी, को कम रु तर बीपी कोइरालाको राष्ट्रियता भावनात्मक उग्रता होइन, आत्मविश्वासमा आधारित विवेकशील राष्ट्रवाद थियो ।
उनले भारतसँग नजिक सम्बन्ध राख्दै पनि नेपालको स्वाधीनता र आत्मसम्मानमा कहिल्यै सम्झौता गरेनन् । चीनसँग सन्तुलित सम्बन्धको पक्षमा उभिए । उनका लागि राष्ट्रियता भनेको– आफ्नो निर्णय आफैँ गर्ने क्षमता थियो, अरूलाई गाली गरेर आफू राष्ट्रवादी देखिने नाटक होइन ।
बीपीले चेतावनी दिएका थिए– ‘आर्थिक असमानता बढ्ने हो भने लोकतन्त्र खोक्रो हुन्छ ।’ आजको यथार्थले यही सत्य पुष्टि गरिरहेको छ ।
आज जब नेपाल भू–राजनीतिक तानातानको चपेटामा छ, बीपीको सन्तुलनवादी दृष्टिकोण झनै सान्दर्भिक देखिन्छ ।
समाजवादस् नाराभन्दा मानवमुखी अर्थराजनीति
बीपी कोइरालाको समाजवाद कुनै आयातित सिद्धान्त थिएन । त्यो मानव–केन्द्रित समाजवाद थियो– जसमा निजी स्वतन्त्रता र सामाजिक न्याय एक–अर्काका विरोधी होइनन्, पूरक हुन् ।
आज समाजवाद शब्द भाषणमा धेरै सुनिन्छ, तर व्यवहारमा राज्य–पुँजीवाद, दलाली र संरचनागत भ्रष्टाचार हाबी छन् । गरिब झन् गरिब हुँदै छन्, राज्य अभिजात वर्गको स्वार्थ–यन्त्र बन्दै गएको छ ।
बीपीले चेतावनी दिएका थिए– ‘आर्थिक असमानता बढ्ने हो भने लोकतन्त्र खोक्रो हुन्छ ।’ आजको यथार्थले यही सत्य पुष्टि गरिरहेको छ ।
पार्टी राजनीतिः संगठनभन्दा माथि विचार
नेपाली राजनीतिक दलहरू आज सत्ताको अङ्कगणितमा अल्झिएका छन् । विचार गौण, गुट प्रमुख । नेतृत्व परिवर्तन भए पनि राजनीतिक संस्कार परिवर्तन भएको छैन ।
आजको राजनीतिमा सत्ता नै सबैथोक बनिसकेको छ– सिद्धान्त, नैतिकता, जनउत्तरदायित्व सबै सत्ताको छायामा हराइरहेका छन् । सत्ता जोगाउन जे पनि जायज ठानिने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाएको छ ।
बी।पी। कोइरालाका लागि पार्टी सत्ता प्राप्तिको साधन होइन, लोकतान्त्रिक मूल्यहरूको वाहक संस्था थियो । उनले पार्टीभित्र बहस, असहमति र आलोचनालाई कमजोरी होइन, शक्ति माने ।
आज दलहरू आलोचनाबाट डराउँछन्, असहमति दबाउँछन् । यस्तो अवस्थामा बीपीको पार्टी–दर्शन स्मरणीय छ– दल बलियो तब हुन्छ, जब उसले आफ्ना कमजोरी स्विकार्छ ।
सत्ताप्रति दृष्टिकोणस् सत्ताभन्दा माथि सिद्धान्त
बीपी कोइराला सत्तामा बसे, तर सत्ता उनका लागि लक्ष्य थिएन । उनी सत्ताबाट बाहिर रहँदा पनि विचारको उचाइमा रहे ।
आजको राजनीतिमा सत्ता नै सबैथोक बनिसकेको छ– सिद्धान्त, नैतिकता, जनउत्तरदायित्व सबै सत्ताको छायामा हराइरहेका छन् । सत्ता जोगाउन जे पनि जायज ठानिने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाएको छ ।
बीपीको जीवनले देखाउँछ– सत्ता बिना पनि नेता महान् हुन सक्छ, तर सिद्धान्त बिना सत्ता कहिल्यै महान् हुँदैन ।
अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार
बीपी कोइरालाले कारावास, निर्वासन र दमन भोगे तर विचारको स्वतन्त्रतामा सम्झौता गरेनन् । उनले लेखन, भाषण र चिन्तनलाई राजनीतिक संघर्षकै अङ्ग बनाए ।
आज सामाजिक सञ्जाल छ, मिडिया छ, तर अभिव्यक्ति स्वतन्त्रता असुरक्षित हुँदै गएको अनुभूति छ । आलोचना असहज मानिन्छ, प्रश्न उठाउनेलाई शत्रु ठानिन्छ ।
प्रश्न बीपीको प्रासङ्गिकताको होइन, हामी कति बीपी बन्न चाहन्छौँ भन्ने हो । किनकि बीपी इतिहासमा होइन, हाम्रो रोजाइमा जीवित रहने नेता हुन् ।
बीपीको स्मरण आवश्यक छ– लोकतन्त्र प्रश्न सहन नसके पतनतर्फ जान्छ ।
आजको पुस्ता र बीपी
युवा पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको छ । यसको कारण राजनीति होइन, राजनीतिक व्यवहार हो । बीपी कोइरालाको विचारले युवालाई राजनीतिमा आशा दिन सक्छ किनकि उनको राजनीति शक्ति–केन्द्रित होइन, मानव–केन्द्रित थियो ।
आजको पुस्ताले बीपीलाई मूर्तिमा होइन, विचारमा पुनर्स्थापित गर्न जरुरी छ ।
निष्कर्षस् बीपी स्मृति होइन, मार्गदर्शन
बीपी कोइराला अतीतको गौरव मात्र होइनन्, भविष्यको दिशासूचक हुन् । उनको प्रासङ्गिकता भाषणको कोटेसनमा होइन, राजनीतिक आचरणमा परीक्षण हुन्छ ।
यदि लोकतन्त्रलाई केवल सत्ता–हस्तान्तरणको खेल बनाइयो भने बीपी अप्रासङ्गिक लाग्न सक्छन् । तर यदि लोकतन्त्रलाई मानवीय गरिमा, सामाजिक न्याय र राष्ट्रिय आत्मविश्वासको परियोजना मानियो भने बीपी कोइराला सधैँ प्रासङ्गिक रहन्छन् ।
अन्ततः प्रश्न बीपीको प्रासङ्गिकताको होइन, हामी कति बीपी बन्न चाहन्छौँ भन्ने हो । किनकि बीपी इतिहासमा होइन, हाम्रो रोजाइमा जीवित रहने नेता हुन् ।