नोबेल अस्पताल क्षेत्रका औषधि पसलमा छापा, ७ फार्मेसी शिलबन्दी

नोबेल अस्पताल क्षेत्रका औषधि पसलमा छापा, ७ फार्मेसी शिलबन्दी

दर्ता नभएका र म्याद सकिएका औषधि बेच्दै आएको खुलासा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल वरपर सञ्चालित औषधि पसलहरूमा प्रशासनले कडा अनुगमन थालेको छ। अनुगमनकै क्रममा गम्भीर अनियमितता भेटिएपछि ७ वटा फार्मेसी तत्काल शिलबन्दी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग (डिडिए) विराटनगरको संयुक्त टोलीले शुक्रबार अस्पताल आसपासका १४ वटा फार्मेसीमा आकस्मिक निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा आधाभन्दा बढी पसलमा कानुनी मापदण्ड उल्लङ्घन भएको पाइएपछि ७ वटा फार्मेसीमा ताला लगाइएको हो।

औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काका अनुसार शिलबन्दीमा पर्ने फार्मेसीहरूमा सीताराम फार्मेसी, छिन्नमस्ता फार्मेसी, धनगढी माई मेडिकल, सुसंस्कृति फार्मेसी, गोल्ड फार्मेसी र आविष्कार फार्मेसी रहेका छन्।

अनुगमनका क्रममा ती फार्मेसीहरूले दर्ता नगरेका विदेशी औषधि बिक्री गर्ने, म्याद गुज्रिएका औषधि स्टकमा राख्ने तथा बिरामीको स्वास्थ्य जोखिममा पार्ने खालका गतिविधि गरेको पाइएको खड्काले जानकारी दिए। गोप्य सूचनाको आधारमा यसअघि नै प्रशासनले अनुसन्धान सुरु गरिसकेको र प्रमाण भेटिएपछि तत्काल कारबाही गरिएको उनले बताए।

‘अधिकांश फार्मेसीले औषधि ऐन र मापदण्डको पालना नगरेको देखियो,’ खड्काले भने, ‘बिरामी ठगी र स्वास्थ्यमा खेलबाड हुने काम पुष्टि भएपछि शिलबन्दी गरेर थप अनुसन्धान अघि बढाएका  ।’ प्रशासनले शिलबन्दी गरिएका फार्मेसी सञ्चालकहरूलाई औषधि ऐनअनु कारबाही गरिएको उनले बताए