एजेन्सी
सारांश
इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सरकार विरोधी प्रदर्शनमा हजारौंको मृत्यु भएको स्वीकारेका छन्।
खामेनीले प्रदर्शनकारीहरूलाई प्रोत्साहित गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिए।
प्रदर्शनकारीहरूमाथि सरकारी सेनाले गोली चलाएको र यसमा ३ हजार भन्दा बढी मानिस मारिएको बताइएको छ।
तेहरान । गएको वर्षको अन्त्यदेखि इरानमा जारी सरकार विरोधी प्रदर्शनमा हजारौँको मृत्यु भएको त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्वीकार गरेका छन् । देशमा दुई हप्ता भन्दा बढी समयदेखि चलिरहेको अशान्तिको क्रममा हजारौँ इरानीहरू मारिएको शनिबार उनले स्वीकार गरेका हुन् ।
यी सबै मृत्युका लागि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । अमेरिकी सैन्य सहयोग दिने वाचा गरेर उनले प्रदर्शनकारीहरूलाई खुलम खुला खुला प्रोत्साहित गरेको उनले बताए ।
आफ्नो वेबसाइटमा राष्ट्रको नाममा दिएको भाषणमा खामेनीले ट्रम्पलाई अपराधी भनेका छन् । डिसेम्बरको अन्त्यमा भएको सरकार विरोधी प्रदर्शनको क्रममा हताहत र क्षति दुवैको लागि उनै जिम्मेवार रहेको भनिएको छ । अमेरिकी डलरको तुलनामा इरानी मुद्राको भाउ कीर्तिमानी न्यून स्तरमा आएपछि उत्पन्न जीवनयापन संकटको विरोधमा इरानी जनता डिसेम्बर २८ मा सडकमा उत्रिएका थिए ।
विरोध प्रदर्शनलाई दबाउन इरानको सुरक्षा बलको अपाइरहेको क्रूर रणनीतिबारे भने भाषणमा खामेनीले नाम लिएका छैनन् । साक्षीहरू र मानव अधिकार समूहहरूले सडक र छतबाट प्रदर्शनकारीहरूमाथि सरकारी सेनाले गोली चलाएको भनिरहेका छन् । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी ९एचआरएएनए० का अनुसार अशान्तिमा ३ हजार भन्दा बढी मानिसहरू मारिएका छन् । आफूले यो तथ्याङ्क स्वतन्त्र रूपमा प्रमाणित नगरेको सीएनएनले समाचारमा भनेको छ ।
शनिबार आफ्नो टेलिभिजन सम्बोधनमा खामेनीले प्रदर्शनमा संलग्न दङ्गाकारीहरू अमेरिका र इजरायलद्वारा समर्थितरवित्त पोषित र प्रशिक्षित व्यक्तिहरू र तिनीहरूबाट प्रभावित युवाहरू गरी दुई वर्गमा वर्गीकृत गरेका थिए । युवाहरूले विद्युत् उद्योग सुविधाहरू, मस्जिदहरू, शैक्षिक संस्थानहरू, बैंकहरू, चिकित्सा सुविधाहरू र किराना पसलहरूमा क्षति पुर्याएको बताइएको छ ।




