के इरान युद्ध सकिएकै हो त रु

प्रियंका शंकर

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै इरानमाथिको अमेरिका(इजरायली आक्रमण ‘अपरेशन इपिक फ्युरी’ सम्पन्न भएको बताएका छन्।

फेब्रुअरी २८ बाट सुरु भई क्षेत्रीय द्वन्द्व निम्त्याएको यस कारबाहीको उद्देश्य पूरा भएकाले यो अन्त्य भएको उनको भनाइ छ। वासिङ्टन अब शान्तिको बाटो चाहने रुबियोले बताए।

सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फसेका पानीजहाजलाई सुरक्षित निकाल्न एक दिनअघि मात्र सुरु गरिएको अमेरिकी सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ स्थगित गरिएको घोषणा गरे।

त्यसोभए, के इरानमाथिको अमेरिका(इजरायल युद्ध समाप्त भएको हो त

‘अपरेशन इपिक फ्युरी’बारे रुबियोको भनाइ के छ
मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा रुबियोले अपरेशन इपिक फ्युरी सकिएको जानकारी दिए। ‘अपरेशन इपिक फ्युरी सम्पन्न भएको छ, हामीले यस अभियानको उद्देश्य हासिल गरेका छौँ,’ रुबियोले भने।

इरान र अमेरिकाबिच प्रत्यक्ष वार्ता गराउने पाकिस्तानको प्रयासलाई इङ्गित गर्दै उनले थपे, ‘हामी थप कुनै नयाँ परिस्थिति उत्पन्न होस् भन्ने चाहँदैनौँ, बरु शान्तिको बाटो रोज्न चाहन्छौँ। राष्ट्रपतिले पनि सम्झौता नै चाहनुभएको छ।’

गत महिना इस्लामाबादमा भएको पहिलो चरणको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो। त्यसयता दुवै पक्षले नयाँ प्रस्ताव पेस गरिसकेका छन्।

‘इरानसँग कहिले हुने र कहिले रोकिने वार्ता अनि स्ट्रेट अफ होर्मुजबाट पानीजहाज निकाल्ने ‘प्रोजेक्ट फ्रिडम’बाट ट्रम्प अचानक पछि हट्नाले खाडी क्षेत्रमा अनावश्यक हलचल मच्चाएको छ,’ र बेलायतस्थित थिंक ट्याङ्क रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटकी पश्चिम एसिया सुरक्षासम्बन्धी वरिष्ठ अनुसन्धानकर्ता बुर्कु ओजेलिकले अल जजिरालाई बताइन्।

‘यसले आणविक मुद्दामा तेहरानबाट ठुलो सम्झौता गराउने उद्देश्यले भइरहेको अत्यन्तै तनावपूर्ण र हतारको कूटनीतिक पहललाई पनि प्रतिविम्बित गर्छ। यसबाट इरानलाई अघिल्ला सर्तहरूभन्दा बढी प्रतिबद्धता जनाउन बाध्य पारिनेछ। फलस्वरुप अमेरिका इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउन र प्रतिबन्धहरू खुकुलो पार्न सहमत हुनेछ, जसले प्रभावकारी रूपमा युद्धको अन्त्य गर्नेछ,’ उनले थपिन्।

ओजेलिकका अनुसार इरान भने यो युद्धको विश्राम मात्र नभई पूर्ण अन्त्य होस् भन्ने सुनिश्चितता चाहन्छ।

‘प्रोजेक्ट फ्रिडम’बारे ट्रम्पले के भनेरु
सोही दिन ट्रम्पले पाकिस्तान लगायत अन्य देशको अनुरोधमा प्रोजेक्ट फ्रिडम स्थगित गरिएको पत्रकारहरूलाई जानकारी दिए। इरानका प्रतिनिधिहरूसँग पूर्ण र अन्तिम सम्झौतातर्फ ठुलो प्रगति भएको कारण पनि यो कदम चालिएको उनको भनाइ छ।

स्ट्रेट अफ होर्मुजमा फसेका पानीजहाजहरूलाई सुरक्षित निकाल्न अमेरिकी सेनाले चलाएको अभियान प्रोजेक्ट फ्रिडमबारे ट्रम्पले एक दिनअघि मात्र घोषणा गरेका थिए। विश्वको २० प्रतिशत तेल र तरल प्राकृतिक ग्याँस ९एलएनजी० आपूर्ति हुने यो रणनीतिक जलमार्ग इरानले बन्द गरेपछि अमेरिकाले त्यसलाई सिधा चुनौती दिएको रूपमा यसलाई हेरिएको थियो।

इरानमाथि अमेरिका(इजरायलको आक्रमण सुरु भएदेखि नै इरानले जलमार्गमा जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिँदै नाकाबन्दी गरेको छ। त्यसपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा जलसेनाको नाकाबन्दी घोषणा गरेपछि जलमार्ग वरपरको तनाव झनै बढेको थियो।

ट्रम्पले प्रोजेक्ट फ्रिडम घोषणा गरेपछि इरानले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी० को अनुमति विना जलमार्ग प्रयोग गर्न खोज्ने जहाजहरूमाथि गोली चलाइने चेतावनी दियो। यसले युद्ध पुनः भड्किने डर पैदा गर्‍यो। ट्रम्पको घोषणापछि अमेरिका र इरानबिच वाक्युद्ध सुरु भयो र दिनभरि नै आक्रमणका दाबी र प्रतिदाबीहरू चलिरहे।

सुरुमा इरानको फार्स एजेन्सीले स्ट्रेट अफ होर्मुजबाट फर्किन दिइएको आदेश नमानेपछि अमेरिकी युद्धपोतमा ड्रोन आक्रमण गरेको दाबी गर्‍यो। यद्यपि, अमेरिकी सेन्ट्रल कमाण्ड ९सेन्टकम० ले अमेरिकी जहाजमा आक्रमण भएको कुरालाई अस्वीकार गर्दै उल्टै आईआरजीसीका कम्तीमा छ वटा जहाज डुबाइदिएको दाबी गर्‍यो, जसलाई इरानले खण्डन गर्‍यो। त्यसपछि तेहरानले जलमार्गमाथिको आफ्नो नियन्त्रण क्षेत्रलाई युएईको जलक्षेत्रसम्म विस्तार गर्दै नयाँ नक्सा प्रकाशित गर्‍यो। यसले नयाँ क्षेत्रीय द्वन्द्वको त्रास बढाएको छ।

युएईले इरानलाई आफ्नो महत्त्वपूर्ण तेल पाइपलाइन रहेको फुजैराह बन्दरगाहमा आक्रमण गरेको आरोप लगायो, जसका कारण त्यहाँको तेल प्रशोधन केन्द्रमा आगलागी भएको थियो।

ट्रम्पका अनुसार मंगलबार अमेरिकी सैन्य अभियान रोकिएको छ।

‘अमेरिकी नाकाबन्दी पूर्ण रूपमा लागु रहे पनि सम्झौतालाई अन्तिम रूप दिएर हस्ताक्षर गर्न सकिन्छ वा सकिँदैन भनेर हेर्न केही समयका लागि प्रोजेक्ट फ्रिडम स्थगित गर्न हामी दुवै पक्ष सहमत भएका छौँ,’ उनले आफ्नो सोसल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्।

इरानले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अस्ट्रेलियाको डिकिन युनिभर्सिटीका पश्चिम एसिया तथा मध्य एसियाली राजनीतिसम्बन्धी प्राध्यापक शाहराम अकबरजादेहले ट्रम्पले प्रोजेक्ट फ्रिडम किन रोके भनेर यकिन गर्न गाह्रो भए पनि अमेरिकामा बढ्दो युद्धविरोधी जनमतको पृष्ठभूमिमा यो कदम चालिएको अल जजिरालाई बताए।

‘साथै, ट्रम्पले युद्धप्रतिको धैर्यता गुमाउँदै गएको हुन सक्छ। यद्यपि उनले यसलाई लम्ब्याउने समय आफूसँग भएको बताउने गरेका छन्,’ अकबरजादेहले भने।

‘तर वास्तविकतामा ट्रम्प धेरै समय एउटै विषयमा केन्द्रित हुन सक्दैनन् र उनलाई चाँडै जित हासिल गर्नु छ। प्रोजेक्ट फ्रिडम स्थगित गर्नाले कूटनीतिक पहललाई गति दिन मद्दत पुग्छ, जसले अमेरिका र इरानलाई सम्झौताको नजिक पुर्‍याउनेछ। त्यही सम्झौतालाई ट्रम्पले आफ्नो जितको रूपमा पेस गर्नेछन्,’ उनले थपे।

के इरानमाथिको युद्धको अन्त्य भएकै होरु
पूर्ण रूपमा होइन। प्रोजेक्ट फ्रिडमलाई स्थगित गर्नु युद्धको अन्त्यको सुरुवात हुन सक्ने अकबरजादेहको भनाइ छ।

‘इरानीहरू यसको अन्त्य गर्न आतुर छन् भन्ने हामीलाई थाहा छ, त्यसैले यदि ट्रम्पले कूटनीतिको बाटो खुला रहेको स्पष्ट सङ्केत दिए भने इरानले अमेरिकी नौसेनामाथि पुनः आक्रमण गर्ने सम्भावना धेरै कम छ,’ उनले बताए।

‘तर समस्या के छ भने हामीले पहिले पनि यस्तो अवस्था देखिसकेका छौँ। अमेरिकाले अझ राम्रो सम्झौता गर्न सक्छ भन्ने इजरायलको जिद्दीका कारण वा ट्रम्पले परिस्थितिको गलत मूल्याङ्कन गर्दै सैन्य विकल्पले आफूलाई अझ बढी फाइदा दिलाउँछ भन्ने अपेक्षा राखेका कारण पहिलेका अवसरहरू गुमेका थिए,’ र उनले थपे।

अब के हुन्छ
यसको भविष्यवाणी गर्न गाह्रो छ। तर दुवै पक्ष पूर्ण युद्धमा फर्किन नचाहेको देखिने हुँदा उनीहरूले कूटनीतिक समाधानलाई नै प्राथमिकता दिने सम्भावना रहेको अकबरजादेहले बताए।

‘यद्यपि, दुवै पक्ष आफूलाई हारेको रूपमा देखाउन चाहँदैनन्। उनीहरू आफ्नो घरेलु जनतासामु सार्वजनिक छवि जोगाइराख्नुपर्छ भन्ने ठान्छन्। यसले वार्तालाई थप जटिल बनाउँछ र सम्झौतामा पुग्न बाधा पुर्‍याउँछ,’ उनले भने।

अब के हुन्छ भन्ने कुरा तेहरानको विभाजित नेतृत्वले आणविक मुद्दामा के कस्तो प्रतिबद्धता जनाउँछ भन्नेमा भर पर्ने ओजेलिकले बताइन्।

‘इरानले आफ्नो आणविक कार्यक्रममा रोक लगाउने विषय वार्तामा समावेश भएको कुरालाई अस्वीकार गरेको छ। तर यस प्रकारको प्रस्तुति अमेरिका(इजरायल आक्रमणबाट आत्तिएका र आणविक मुद्दालाई राष्ट्रवादी एवं सार्वभौम अधिकारको दृष्टिकोणबाट हेर्ने घरेलु कट्टरपन्थी तथा राष्ट्रवादीहरूलाई शान्त पार्ने उद्देश्यले मात्र गरिएको हो,’ उनले भनिन्।

संयुक्त राष्ट्रसङ्घले एकपक्षीय रूपमा स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गरेकोमा इरानको औपचारिक निन्दा गर्न सक्ने उनले अनुमान गरिन्।

‘तर दिनहुँ बढ्दै गएको वास्तविक दबाब भनेको आर्थिक दबाब हो। जलमार्ग बन्द गर्नाले इरानको आर्थिक पुनरुत्थानको सम्भावनालाई नराम्रो धक्का लागिरहेको छ,’ उनले बताइन्।

‘दृढता र अस्तित्व रक्षाको बयानबाजीका बाबजुद बाँकी इरानी नेतृत्व युद्धको आर्थिक र भौतिक क्षतिका कारण निःसन्देह चिन्तित छ। इरानका महत्त्वपूर्ण पूर्वाधारहरूमा पुनः सैन्य आक्रमण हुन सक्ने सम्भावना र त्यसले ल्याउने अस्थिरताको प्रभावले अन्ततः तेहरानलाई सम्झौता गर्न बाध्य बनाउन सक्छ,’ ओजेलिकले निष्कर्ष निकालिन्।