विराटनरमा ट्राफिक नहुदा सडक अस्तव्यस्त

सत्यनारायण शर्मा
विराटनगरमहानगर क्षेत्रभित्र भाद्र २४ गतेको आन्दोलन देखि सडकमा डरत्रासका कारण ट्राफिक नवस्दा दुइ महिना देखि सडक अस्तव्यस्त रहेको छ । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीहरुको पोशाक चोरेर लानु ,ट्राफिकलाई चाहिने ट्राफिक नियमसम्वन्धी सामग्रीहरु जलाएर नष्ट गरेपछी यतिवेला विराटनगरका ट्राफिक नियम पालना गर्ने सवारीचालकहरुले दुःख पाउन थालेका छन । तर केही यस्ता चालकहरु छन जसले कहिले पनि ट्राफिक नियम पालना नगर्नेको हकमा सजिलो भएको छ । विराटननगरको रानी इटहरी राजमार्ग र भित्री मेन सडकमा ट्राफिक प्रहरी डिउटीमा नवस्दा सडकमा घण्टौ घण्टा सम्म जाम लाग्ने गरेको छ । आन्दोलनकै क्रममा आन्दोलनकारीहरुले सडकमा जडान गरेको ट्राफिक लाइन वती तोडफोड गर्दा यतिवेला ट्राफिक वती नहुदा सडक अस्तव्यस्त रहेको छ । सडकमा ट्राफिक नहुदा साना र हलुका सवारी चालकहरुले मनपरी गर्न थालेपछि ट्राफिक नियममा समस्या आएको छ । गन्तव्यसम्म १० मिनेमा पुग्न सक्ने गन्तवय सम्म पुग्न यतिवेला सडकमा ट्राफिक प्रहरी नहुदा घण्टो समय लाग्ने गरेको छ । साथै पहिलाको तुल्नामा यतिवेला धेरै दुर्घटा हुनथालेको ट्राफिक प्रहरीहरु वताउछन । आन्दोलनमा तोफोड गरेको सामग्रीहरु जुटाउन वन्दोवस्त गर्न यतिवेला ट्राफिक इन्चिार्जलाइ हम्मेहम्मे भएको छ । विराटनगरका उधोगपती व्यापारी समाजसेवीहरुले यतिवेला ट्राफिक सम्वन्धी सरसामान कुर्सी वेन्च टेवुल ,कम्प्यूटर सहयोग गर्दै आएका छन भने चौक चौकमा रहेको ट्राफिक पोष्टहरु समेत व्यापारीहरुले नयाँ निमार्ण गरिदिदै छन । पहिलाकै जस्तो अवस्थामा आउन ट्राफिक प्रहरीलाइ अझै ६ महिना लाग्न सक्छ भन्ने प्रहरीहरुको ठम्याइ छ । किनभने आन्दोलनको डरत्रास अझै छदैछ र प्रहरीको काम गर्ने मनोवल समेत गिरेको अवस्थामा छ । यस्तो अवस्थामा कुनै पनि प्रहरीले काम गर्न सक्ने वतावरण नभएको प्रहरीहरुको गुनासो रहेको छ । यतिवेला जोकोहीले पनि प्रहरीलाई हेप्ने गालि गर्ने मुख्मुखै लाग्ने , फेरी आगो लगाई दिन्छु जस्ता शव्दहरु प्रयोग गर्ने गरेकोले काम गर्न नसक्ने वताउछन । अर्को तिर विराटनगरमहानगरपालिकाले लाखौ करोडौ रुपैयाँ वैंक वितिय संस्थाहरुको सहयोगमा विराटनगरलाई सौन्दर्यकरण गर्ने नाममा राजमार्गमा लगाइएको वोट विरुवा र त्यस स्थानमा लामो उम्रेको घासले गर्दा चालकले पारिपटीको सवारी साधनलाई हेर्न असजिलो भएकै कारण वेलावेलामा दुर्घटना हुनेगरेको छ । यसमा सम्वन्धीत निकायले समयमै ध्यान दिएमा दुर्घटनावाट वचन र वचाउन सकिन्छ ।