तिजको नाममा महिला दिदीबहिनीहरूले फजुल खर्च नगरौँ
Kathmandu, NEPAL: Nepalese women in red dresses dance after paying homage to The Hindu God Lord Shiva during celebrations for The Teej Festival in Kathmandu, 26 August 2006. During the festival married women fast for the day praying for long lives for their respective husbands while unmarried women wish for handsome husbands and happy conjugal lives. AFP PHOTO/DEVENDRA M SINGH (Photo credit should read DEVENDRA M SINGH/AFP via Getty Images)

सत्यनारायण शर्मा

अव केही दिन केही हप्ता केही समय पछि नेपाली महिलाहरुको महान पर्व तिज आउदै छ । आउने तिज पर्वमा नेपाली महिलाले एक महिना अगाडी देखिनै नाता गोता छिमेकी ,कार्यालय , विधालय ,वैकमा कलेजमा ,सहकारीमा ,समुहमा पालैपालो दर खाने चलन चलेको छ । यो दर खाने नेपालीको लागी महगो आर्थीक भार पर्ने रिनकर्जा खोजनु पर्ने अवस्था आएको छ ।

पहिला पहिला नेपालीहरुको महगो पर्व भनेको दशैं तिहार थियो । आज दशैं तिहार भन्दा वढी तडकभडक खर्चिलो पर्वको रुपमा देखा परेको । त्यतिमात्र कहा होर हुन त हाम्रा नेपाली दिदी वहिना हिन्दु संसकारकी हुन्छ भन्छन तर हिजोआज तिजको मोकापारेर दर खाने नाममा जाड रक्सी समेत खाएर संस्कृती परमपरालाई दुसित वनाइसकेका छन ।

नेपाली महिलाहरु विदेशी महिलाको नक्कल गर्दै आएका छन । जुन हाम्रो समाजमा सोहाउदैपचने छैन । हाम्रा दिदीवहिनीहरु केही दिनका लागी तेल भिसामा के विदेश जानपाएका छन । उनीहरुले विदेशमा विदेशी महिलाले सानो सानोकपडा लगाएर अर्धनग्न भई हिडेको, होटल रेष्टुरेन्टमा जाड रक्सी खाएको देखेर नेपालमा पनि विदेशकै जस्तो नक्कल गर्न खोजेका छन । नेपालमा केही वर्ष पहिले माइतवाट वोलाउदा मात्र दर खाने चलन थियो ।

अहिले छिमेकीले पनि खुवाउनु पर्ने र छिमेकीलाई पनि खुवाउनु पर्ने अवस छ । कार्यालयमा सवै कर्मचारीहरु मिलेर चन्दा उठाएर दर खानु पर्नै । शिक्षक शिक्षिकाले विधालयमा चन्दा उठाएर दर खानु पर्ने । एक जना महिलाले एक महिना सम्म दर खाने हो भने खर्च कति हुन्छ । दर खादैमा केही विग्रीदैन तर दर खाने नाममा जाड रक्सी खाएर डान्स गर्ने लडीवडी गर्ने , आफनो ज्यान सम्हाल्न नसक्ने । महिला भनेको लक्षमी हुन, महिला घरको सिंगार हुन, महिला भनेको घरको समाजको इजत हो ।

महिला कसैको छोरी कसैको वुहारी कसैको श्रीमती , कसैको आमा , कसैको दिदी वहिनी हुन तर त्यही महिला समाजको अगाडीमा जाडरक्सी खाएर हिडदा अव आउने पुस्ताका छोरा छोरीले के शिक्षा पाउछन । त्यसैले अव दर वर्षमा दर एक दिन मात्र खाउ । अरु पर्व वर्षमा एक दिन मात्र हुने तिज किन महिना दिन अगाडी देखि मनाउने ? महिना दिन अगाडी देखि दर खाने महिलाईलाई जिल्ला प्रसाशन कार्यालयले कारवाही गर्नु पर्छ । अनीमात्र नेपाली संस्कृती जोगीन सक्छ । जो संग जति पैसा छ उसले त्यतिनै धेरै चाडवाडको नाममा फजुल खर्च गर्ने र नेपाली संस्कृतीलाई धमीलो वनाउने काम गरिरहेका छन ।  सत्यनारायण शर्मा