ओलीले पहिलो दिनमै राजीनामा दिएको भए यत्रो घटना हुँदैनथ्यो

पुरूषोत्तम यादव

सन् २०२२ मा न्युयोर्क टाइम्समा ‘नेपो अफ द इयर’ लेख छापिएको थियो । म पनि पत्रकारिताको विद्यार्थी भएकाले न्युयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय मिडियाहरू पनि पढ्छु । यो शब्द त्यहीँबाट सुरु भएको हो । इन्डोनेसियामा ‘नेपो किड्स’ अभियान चल्यो । नेपालमा ‘नेपो बेबी’ नामाकरण गरियो ।

अहिले यसको क्रेडिट धेरै जनाले लिन खोजिरहेका छन्, तर त्यस्तो होइन । सन् २०२२ बाट सुरु भएको भष्ट्राचारविरुद्धको अभियान हो । मेरो शब्द पनि होइन यो । मैले त्यतिबेला नै सुनेको हो ।

भ्रष्टाचारको विरोधमा सन् २०२३ देखि नै मैले लगातार लेख्दै आएको छु । अहिले ट्विटर डिलिट गर्दिएँ । त्यसअघि ट्विटरमा म लेख्थें । आफ्नो पर्सनल अकाउन्टमा २३ गते राति नै डिलिट गरिसकें । मोबाइल पनि फर्म्याट गरिसकेँ ।

जेनजी आन्दोलनले देशमा परिवर्तन आयो । त्यही भएर आज हामी यहाँ तपाईंसँग कुरा गर्न पाइरहेका छौँ । परिवर्तन हुन्थेन भने सबैभन्दा पहिले म जेलमा हुन्थेँ । किनभने सिडिओ कार्यालयमा अनुमति लिन म पुगेको थिएँ । धेरै जनाले अहिले म जेनजी भन्छन् । म जेनजी भन्दिनँ, हामी सबै हो । सबैको कन्ट्रिब्युसन उत्तिकै छ, जति मेरो कन्ट्रिब्युसन छ । तर आधिकारिक र कानुनी रूपमा हेर्ने हो भने म त्यहाँ फस्थेँ ।

आन्दोलन सफल नभएको भए सबैभन्दा ठुलो राज्यद्रोहको मुद्दा भोग्ने मान्छे म हुन्थें । प्रमुख जिल्ला अधिकारी सिडिओ .ले आन्दोलनको जिम्मेवारी पुरूषोत्तम यादव र सबल गौतमले लिनुपर्छ भन्नुभएको थियो । परमिसन लेटरमा नाम हाम्रै थियो । अहिले धेरै जनाले आफूलाई जेनजी भन्छन्, यथार्थ त्यस्तो होइन ।

आन्दोलन अगाडि बढाउन टिकटकमा ‘वेकअप नेपाल’ भनेर एउटा पेज बनाएका थियौं । पहिला हामी टिकटकमा नै थियौं । त्यो पेजमा हामी भ्रष्टाचारको विद्ध लेखिरारहेका थियौं । एक–दुई दिनमा सबैले गर्न थाले । किनभने इन्डोनेसियामा भइरहेको थियो । त्यो ‘अल्गोरिदम पिक’ गरिरहेको थियो । त्यतिबेला सोसल मिडिया पनि ब्यान्ड थियो । फेसबुक, इन्स्टाग्रामका मान्छे फेरि टिकटकमा सिफ्ट भए । त्यसले ‘अटोमेटिक बुस्ट’ भयो ।

८ सेप्टेम्बर विरोध प्रदर्शन गर्ने भनेर टिकटकबाट आह्वान गर्‍यौं । त्यसदिन हाम्रो आन्दोलन शान्तिपूर्ण नै थियो । हामीले डिस्कोर्डहरू पनि चलाइरहेका थियौं । पुरानै डिस्कोर्डहरु प्रयोग गरिरहेका थियौं । पछि त्यसलाई नै परिवर्तन गरेर प्रयोग गर्न थाल्यौँ ।

तीन–चारवटा डिस्कोर्ड मिलाएर मसँग ८०–८५ हजार मान्छे जोडिसकेका थिए । मैले एक्स्पेक्ट गरेको थिएन कि यति धेरै मान्छे आउँछ भनेर । अनुमति लिन जाँदा प्रमुख जिल्ला अधिकारीले कति जना मान्छे आउँछन् भनेर सोध्नुभएको थियो । हामीले भन्यौँ– एकरदुई सय जना आउने आकलन छ । आन्दोलनको दिन जब म त्यहाँ गए, धेरै मान्छे जम्मा भइसकेका थिए । अन्य मिडिया ह्यान्डल, टिकटकहरुबाट धेरै जना इन्फ्लुएन्सरहरु पनि त्यहाँ सहभागी थिए ।

र्‍याली एभरेस्ट होटल पुग्दा अगाडिबाट बाइकमा धेरै मान्छे भए । को–को मान्छे थिए, हामीले चिनेनौं । पञ्चबाजासहित ती मान्छे भीडमा घुलमिल भयो ।
‘एन्टी भ्रष्टाचार’ आन्दोलन शान्तिपूर्ण थियो । म त्यसदिन ८ बजे माइतीघर मण्डला पुगेको थिएँ । म पुग्दा भोलेन्टियर, समाजसेवी पुगिसकेका थिए । कोही पानी लिएर आउनुभएको थियो, कोही मेडिकल किट लिएर आउनुभएको थियो । हामीले माइकको व्यवस्था समेत गरेका थिएनौँ । पोस्टर पनि लगेका थिएनौँ, आन्दोलन सामान्य थियो ।

हामीलाई माइतीघरबाट एभरेस्ट होटल जाने अनुमति थियो । सोही अनुसार एभरेस्ट होटलतर्फ र्‍याली अगाडि बढ्दै थियो । एभरेस्ट होटलबाट फर्किएर माइतीघर पुग्ने योजना थियो । सन् २०१२र१३ सालमा अन्ना हजारेले भारतमा गरेजस्तो लोकपाल विधेयक ‘एन्टी भ्रष्टाचार’ आन्दोलन गर्ने योजना थियो । एक दिनको अनुमति लिने र एक महिना बस्ने सोच थियो ।

र्‍याली एभरेस्ट होटल पुग्दा अगाडिबाट बाइकमा धेरै मान्छे भए । को–को मान्छे थिए, हामीले चिनेनौं । पञ्चबाजासहित ती मान्छे भीडमा घुलमिल भयो । बिहान ९–१० बजेतिर मार्च अगाडि बढ्दै गयो । एभरेस्ट होटल पुगेर फर्किने तरखरमा थियौँ ।

विरोध प्रदर्शन शान्तिपूर्ण तरिकाले गर्न खोजिरहेका थियौं । कुनै पार्टी, तीनका नेताहरूलाई गाली गरेका थिएनौँ । कुनै व्यक्ति विशेषलाई किन टार्गेट गर्ने रु आन्दोलनको उद्देश्य भ्रष्टाचारविरुद्ध बोल्ने मात्र थियो । मुख्य मुद्दा भ्रष्टाचार नै थियो । सोसल मिडिया ब्यान्डविरुद्ध पनि थिएन । त्यस दिनको पोस्टर, भिडियोग्राफी सबै हेर्न सकिन्छ, मात्रै भ्रष्टाचारको विरुद्ध थियो । त्यो भ्रष्टाचारमा नेता पनि पर्छन्, ब्युरोक्र्याट र जनता पनि पर्छ । यो देशका जनता पनि भ्रष्ट छन् । हामी पनि मासुभात खाएर भोट दिन्छौँ । हिजोसम्म माओवादी, कांग्रेस, एमाले हामीले नै भोट दिएको हो नि । त्यसकारण यो विशुद्ध सांस्कृतिक र भ्रष्टाचारविरुद्धको आन्दोलन थियो ।

प्रहरी, इन्टेलिजेन्स कहाँ छ हाम्रो देशको रु युवालाई राज्यले अन्डरइस्टिमेट गर्‍यो । मेरो विचारमा त्यहाँ प्रहरी धेरै हुनुपर्थ्यो ।
कुनै व्यक्ति विशेष, कुनै डिजिटल मिडिया र कसैको विरुद्ध थिएन । हामी सोच्न सक्दैनौँ कि सिंहदरबार जलाइदिन्छु, पब्लिक प्रोपर्टी ड्यामेज गर्नु । त्यसो गर्नु हाम्रो सम्पत्ति नै नष्ट गर्नु हो । यी सबै हाम्रा करबाट बनेका सम्पत्ति हुन् । त्यसलाई नष्ट गर्न कल्पना पनि गर्न सकिँदैन ।

म त्यहाँ प्रत्यक्षदर्शी थिइनँ । त्यसदिन गाडीमा थिएँ । भ्रष्टाचारविरुद्ध हामी सामान्य नारा लगाइरहेका थियौं । मान्छेहरु जब घुसे, त्यो ब्यारिकेट टुट्यो । ब्यारिकेट टुट्ने बित्तिकै प्रहरीहरु पछाडि हटे । त्यसपछि मान्छेहरु अगाडि गए । एक मिनेटभित्र सबै थोक भइसक्यो । त्यहाँ वाटर क्यानन् दुईवटा थियो । पाँचवटा हुनुपर्ने थियो ।

प्रहरी, इन्टेलिजेन्स कहाँ छ हाम्रो देशको रु युवालाई राज्यले अन्डरइस्टिमेट गर्‍यो । मेरो विचारमा त्यहाँ प्रहरी धेरै हुनुपर्थ्यो । त्यहाँ मान्छेले वाटर क्याननमा ढुङ्गा हानिरहेका थिए । बायाँबाट ढुङ्गा हाने, दायाँ साइड खाली छ । दायाँ गयो बायाँ खाली थियो ।

पाँचवटा वाटर क्यानन भएको भए त्यस्तो हुँदैनथ्यो भन्ने लाग्छ । पानीको फोर्स हुने भएकाले मान्छे अगाडि बढ्न सक्दैन थिए । प्रहरी पनि व्यापक उपस्थित हुनुपर्थ्यो । ब्यारिकेट पनि एउटा मात्रै थियो, पाँचवटा हुनुपर्थ्यो । त्यसैले सजिलो भयो फाल्नका लागि । अरु आन्दोलनमा पनि हेरेका छौँ ब्यारिकेटमा काँडा लगाएको हुन्छ । त्यसबेला त्यस्तो केही थिएन । पानीको फोहराले पनि काम नगरिसकेपछि त्यहाँ गोली चलेको देखिन्छ । हामीलाई पनि थाहा छैन किन त्यस्तो भयो भनेर रु रियल जेनजीको काम यो होइन ।

हाम्रो आन्दोलन काठमाडौँका मेयर बालेन शाहले गरेर, गराएको त्यस्तो केही होइन । मलाई लाग्दैन यो जेनजीको आन्दोलन बालेनको थियो ।
जेनजीको नाममा भिजिलान्ते घुसेकै हो । हामीलाई पनि थाहा छैन किन त्यस्तो भयो भनेर । रियल जेनजीको काम यो होइन । १९–२० वर्षदेखि लिएर २६–२७ वर्षसम्मका युवाले त्यस्तो गर्छन् जस्तो मलाई लाग्दैन । भिजिलान्तेहरुको घुसपैठ पनि हुनसक्छ । कुनै पार्टीको कार्यकर्ता स्वार्थ बोकेर या कुनै पार्टीमाथि आँच ल्याउने सोचले आएका पनि हुनसक्छन् । आँखाबाट पछाडिका मान्छेहरु जति हेरेका थियौँ, एक जना पनि ठुला मान्छे थिएनन् । स–साना उमेरमा मान्छेहरु थिए । उनीहरूको भ्रष्टाचारविरुद्ध भोकल विरोध थियो । लाठी पनि कसैको हातमा थिएन । उच्छृङ्खलको शब्द पनि बोलेको छैन । त्यहाँ केटा र केटी दुवैको उत्तिकै सहभागी थियो ।

सुशीला कार्कीलाई हामीले पूर्ण समर्थन गरेको हो । हामीले नै प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको हो । प्रधानसेनापतिले कानुनविद् व्यक्ति चाहियो भन्नुभएको थियो । किनभने कानुनमा धेरै फसाउन सक्ने कुराहरू छन् । कुनै धारा उपधाराले फसाउन सक्छ मान्छेलाई । त्यही भएर कानुनविद् मान्छे राखौँ भन्ने भयो । २०६९ सालमा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बन्नुभएको थियो । हामीले त्यही कन्सेप्टको आधारमा सुशीला कार्कीलाई समर्थन गरेको हो । भ्रष्टाचारविरुद्ध पहिलेदेखि नै उहाँले बोल्नुहुन्थ्यो । त्यही भएर उहाँको नाम सबैको दिमागमा थियो ।

हाम्रो आन्दोलन काठमाडौँका मेयर बालेन शाहले गरेर, गराएको त्यस्तो केही होइन । मलाई लाग्दैन यो जेनजीको आन्दोलन बालेनको थियो । कसैले भन्न सक्छन्, कुनै नेताले मैले स्पोन्सर गरिदिए वा मैले पैसा दिएर गरे भन्न सक्छन् । जेनजी आन्दोलन कसैले गर्‍यो गरायो भन्दा पनि स्वतःस्फूर्त भएको हो । जेनजी आफैंले गरेको हो । यसमा कसैले पनि दाबी गर्न पाउँदैन ।

आन्दोलनमा धेरै मान्छेको घुसपैठ भएको थियो । हामीले यस्तो नगर्नुस् प्लिज भनेर हात जोड्यौँ । हामीलाई पनि उनीहरूले ‘तलबाट माथि आइज । माथिबाट तल जा नत्र भने कुट्छु तिमीहरुलाई’ भनिराख्थे ।
हाम्रो आन्दोलन देशमा भ्रष्टाचार अन्त्य होस्, बेथिति अन्त्य भएर राम्रो व्यवस्था होस्, हामीलाई बाहिर ९विदेश० जान नपरोस् भन्ने मुद्दामा हो । मेरो १० जना साथी अस्ट्रेलियामा बस्छन् । कोही भाँडा माझिरहेका छन् । ग्राजुएट युवाहरु, धन–सम्पत्ति भएका मान्छेहरु, कसैका बुवा–आमा प्रिन्सिपल छन्, उनीहरुका छोराछोरी पनि त्यहाँ छ । गाडी धुन्छ त्यहाँ गएर । किन यस्तो भइरहेछ रु हामी किन बोलिरहेका छैनौँ रु बेरोजगारी कति ठुलो भइसक्यो रु गाउँगाउँमा युवाहरु कोही छैनन् ।

हामी सामाजिक स्तरमा पनि खोक्रो भइरहेका छौं । संस्कृति पनि बिग्रिरहेको छ । त्यसविरुद्ध बोल्न खोजेको हो । व्यवस्थामा पनि केही परिमार्जन होस् । हामी संविधान मान्ने मान्छे हो । गणतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाउँछु भनेर नै गरेको हो । सरकारले तोकिदिएको ठाउँ माइतीघरमा बसेको हो । सरकारले हेर्नुपर्ने हो कि कसले सुरक्षा दिने हो रु आन्दोलन भड्किनुमा तत्कालीन ओली सरकारले जिम्मा लिनुपर्छ । शान्तिपूर्ण आन्दोलनमा किन गोली ठोकियो रु घुसपैठ कसरी भयो ।

आन्दोलनमा धेरै मान्छेको घुसपैठ भएको थियो । हामीले यस्तो नगर्नुस् प्लिज भनेर हात जोड्यौँ । हामीलाई पनि उनीहरूले ‘तलबाट माथि आइज । माथिबाट तल जा नत्र भने कुट्छु तिमीहरुलाई’ भनिराख्थे । हामीलाई त्यहाँ ‘पर्सनल थ्रेट’ पनि भयो । म ओर्लेर एउटा स्कुलमा गएँ । पूरै राति त्यहीँ बस्यौँ । अर्को दिन म राति निस्केको हो । त्यस्तो डिप्रेसनमा थिएँ । डराइसकेका थियौँ । यस्तो भइसकेको थियो कि आत्महत्याको समेत सोच आउन थालेको थियो ।

सुदन गुरुङलाई हामीले त्यहीँ भेटेको हो । उनले भने– ‘मसँग मेडिकल किट व्यवस्था छ । हामी तपाईँहरूलाई हेल्प गर्छौँ ।‘ बब्लु गुप्ताहरु पनि त्यहीँ भेट्यौँ । उनीहरूसँग केही चिनजान र सम्बन्ध थिएन । जेनजी आन्दोलन उनीहरूले हाइज्याक गरे भन्ने लाग्दैन । हाम्रो यस्तो सोच छ कि नेपालमा परिवर्तन होस् । भ्रष्टाचारविरुद्ध हामी लडेका हौँ । हामीले नेता बनाएको होइन, नेता आफैं बन्नुस् ।

जुन कुराका लागि हामी लडेका थियौँ त्यो पूरा होस् । तिमी नेता बन्यौ, यो नेता बन्यौ छोड्दिउँ । हामी पनि नेता बन्ने लाइनमै जाने हो भने पुरानो नेता र हामीमा के फरक भयो रु तर व्यवस्था परिवर्तन हुनुपर्‍यो, जनताको अवस्था परिवर्तन हुनुपर्‍यो । हाम्रो त्यो जोड छ ।

भोलिपल्ट सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण सम्पत्तिमाथि आगजनी हुँदा हामी कोठाभित्र रुममा डरले बसेका थियौँ । हामीलाई केही थाहा थिएन । अर्को दिन समाचारमा थाहा पायौँ । मेरो फोन पनि अफ थियो । सिम निकालेर बसेका थियौँ । हामी सबैलाई डरले सात्तो गएजस्तो भएको थियो ।

अहिले तुरुन्तै त्यस्तो कमेन्ट नगरौँ । मलाई लाग्छ सकारात्मक सोचौँ । सकारात्मक परिवर्तन हुन्छ । हाम्रो त्यहाँ माग पनि थियो । हाम्रो ठुलो माग पनि थिएन । हामीले सरकारसँग मागेको पोलिटिकल अपोइन्टमेन्ट खतम गर्नुस्, ब्युरोक्रेसीमा जुन पोलिटिकल अपोइन्टमेन्ट यो देशमा वकिल पनि नेताको हुन्छ ।

पत्रकारहरुले यस आन्दोलनमा ठुलो भूमिका खेल्नुभएको छ । जति साथ समर्थन दिनुभयो, आवाज उठाइदिनुभयो, यसले परिवर्तन ल्याउन ठुलो भूमिका खेलेको छ ।
पत्रकार पनि कि नेताको हुन्छ कि पार्टीको, त्यो तपाईंलाई पनि थाहा होला । यो देशमा सबै थोक नेताको हुन्छ । मतलब गाडी पनि नेताको हुन्छ । सार्वजनिक सेवाको बस हुन्छ, त्यसको ड्राइभर पनि नेताले नियुक्त गर्छ । त्यसको विरुद्ध लडाइँ थियो । जहाँ पनि राजनीति हुन्छ । विश्वविद्यालयको उपकुलपतिमा पनि राजनीति । यस्तो ठाउँ ल्याउनुस्, जहाँ राजनीति इन्फ्लुएन्स छैन । त्यसविरुद्ध लडाइँ थियो । अख्तियारको मान्छे गैरराजनीतिक हुनुपर्‍यो । अनि मात्र उसले राजनीतिक दल र नेतामाथि अनुसन्धान गर्छ ।

प्रहरीमा पनि सरुवा बढुवामा चलखेल हुन्छ, आफ्नो मान्छेलाई सिधै माथिल्लो पदमा पुर्‍याउने प्रवृत्ति छ । लोकसेवामा के–के खेल हुन्छ, त्यो सबैलाई थाहा छ । हामीले त्यो व्यवस्था खोजेका थियौँ, राम्रो व्यक्तिको प्रमोसन होस् ।

मलाई लाग्छ आउँदो चुनावले देशमा परिवर्तन ल्याउँछ । जबदेखि म बुझ्ने भएँ तबदेखि म यिनै प्रचण्ड, देउवा र ओलीको नाम सुन्दैछु । यी चार–पाँच जनाको मात्रै नाम सुनिरहेको छु । जेनजी आन्दोलनले यो परिवर्तन नल्याएको भए अझै १०–१५ वर्ष वा नमरुन्जेलसम्म उनीहरुकै नाम सुन्नुपर्थ्यो होला । यसलाई सकारात्मक रुपमा लिऔँ, नकारात्मक नलिऔँ । परिवर्तन हुन्छ, शतप्रतिशत हुन्छ ।

पत्रकारहरुले यस आन्दोलनमा ठुलो भूमिका खेल्नुभएको छ । जति साथ समर्थन दिनुभयो, आवाज उठाइदिनुभयो, यसले परिवर्तन ल्याउन ठुलो भूमिका खेलेको छ ।

नेताहरूले सधैं हामीलाई ठुलो(ठुलो सपना देखाए । हाम्रो देश स्विट्जरल्याण्ड बन्छ । हाम्रो देश सिंगापुर बन्छ । हाम्रो देश यूएई बन्छ । हामीलाई हाम्रो नेपाल बनाउनु छ । हामीलाई हाम्रो देश स्वीट्जरल्याण्ड, श्रीलङ्का, अमेरिका बनाउनु छैन । हामीलाई हाम्रो नेपाल राम्रो बनोस् । हाम्रो संस्कृति जोगियोस् ।

अमेरिकामा डोनाल्ड ट्रम्प आउने बित्तिकै त्यहाँ पनामा लिइहाल्छु भन्छन् । भोलि मानौँ इन्डिया–चाइना मिलेर यस्तै भन्न सक्छन् । हामी त्यस्तै अवस्थामा जानेवाला थियौं । हामी बलियो बन्नुपर्छ । हामी इजरायलजस्तो बलियो बन्नुपर्छ । हामी कसैभन्दा कम छैनौँ । हाम्रो दिमाग कसैभन्दा कम छैन । हामीसँग त्यो मेनपावर छ ।

हामी अहिले दुनियाँमा पढेर पनि श्रम गरिरहेका छौं, नपढेर पनि श्रम गरिरहेका छौं । यूएई, कतार, अमेरिका जहाँ जानुस् त्यहाँ हामी छौँ । उनीहरू पनि लगानी लिएर आउनेछन् । त्यस्तो सोच राखौँ अब । नेताहरूको कुरै नगर्नुस् ।

केपी ओलीले पहिलो दिनमा राजीनामा दिनुभएको भए यो घटना हुँदैनथ्यो सायद । रोम जलिरह्यो, निरू बाँसुरी बजाइरह्यो भनेजस्तो भयो । जति पनि तानाशाहको अन्त्य भएको छ, त्यो त्यही भएर हो ।

जेनजी अभियन्ता पुरूषोत्तम यादवसँग कुराकानीमा आधारित