
डा। निर्मल कँडेलडा
नेपालको राजनीति पछिल्ला दुई दशकमा निरन्तर हलचल भइरहेको छ । २०६२र६३ को जनआन्दोलनले राजतन्त्र ढाल्यो, गणतन्त्र ल्यायो, धर्मनिरपेक्षता घोषणा गर्यो, संविधानमा समावेशी अधिकार सुनिश्चित गर्यो र संघीयता स्थापित गर्यो । ती उपलब्धि जनयुद्ध र पुराना दलहरूको सम्झौताको नतिजा हो ।
तर समयसँगै तिनै दल र नेताहरू सत्ताको मोह, भ्रष्टाचार, नातावाद र अनियमिततामा गहिरिँदै गइरहेका छन् । फलस्वरुप जेनजीहरुले भ्रष्टाचारविरुद्ध आन्दोलन नै गर्नुपर्यो । आन्दोलनमा भएको ज्यादतीले कोही सहिद भए भने कसैले यसको फाइदा लिँदै देश नै ध्वस्त पार्ने र संविधानमा आँच पुर्याउने चेष्टा पनि गरेको देखियो । आन्दोलनमा घुसपैठ गर्दै विश्वंस गर्ने खेलाडी को(को हुन् भन्ने अवश्य पनि थाहा हुने नै छ ।
पुराना दलहरूले दशकौँसम्म शासन गरेर निराश पारेपछि पछिल्लो स्थानीय र आम निर्वाचनमा मतदाताले केही नयाँ दल र अनुहारहरुलाई ठुलै अवसर दिए । तर नयाँ भनिएका अनुहारहरूले पनि पुरानै चाल दोहोर्याउँदा जनतामा असन्तुष्टि उस्तै रह्यो ।
यसले देखाउँछ जनताले पुरानाप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै नयाँ दललाई विश्वास गरे । तर समस्या के भयो भने जनताले नेताको विचार वा नीतिभन्दा बढी अनुहार र भावनामा भरोसा गरे । आजको अवस्थामा पनि त्यही नै भइरहेको हामी देखिरहेका छौँ ।
पदमै मोह
चुनावपछि नयाँ दलका नेताहरू मन्त्री पदको खोजीमै लागे । चुनावअघि उनीहरूले भनेका थिए( ‘हामी सत्ताभन्दा बाहिर बसेर पनि काम गर्छौं ।‘ तर संसद्मा पुगेपछि वा मौका पाइएमा पहिलो प्राथमिकता मन्त्री पद र दमदार मन्त्रालय पाउनु नै रह्यो।
नयाँ होस् वा पुरानो जनता ठग्ने काम यथावत् छ । तिनका समर्थक जनताले यसलाई गम्भीरतापूर्वक लिएका भए पार्टीलाई आन्तरिक सुधार गर्न बाध्य पारिन्थ्यो । तर बथानले नयाँ वा पुराना गोठालोहरूलाई ढाकछोप गरिरहन्छन् ।
सत्ता गठबन्धनमा उनीहरूको भूमिका बढ्न थाल्यो । आज यो सरकार गिराउन मत दिने, भोलि अर्को बनाउन समर्थन गर्ने । यही व्यवहार पुराना दलमा दशकौँदेखि देखिएको थियो ।
गोठालो बदलियो, तर बथानको चाहना पुरानै थियो( कुर्सीमा पुग्नेहरूलाई ढालेर अर्कोलाई कुर्सीमा बसाउने ।
विवादित नयाँ
२०८० माघमा सर्वोच्च अदालतले एक नयाँ दलका एक प्रमुख नेतालाई सांसद र मन्त्री दुवै पदबाट हटायो । कारण विदेशी नागरिकता त्यागेको विधि पूरा नगरी नेपाली नागरिकता लिएर चुनाव लडेको ।
यसले के देखायो भने जनताले ‘सफा राजनीति’ गर्ने भनेर मत दिएको व्यक्तिले नै कानुनी वैधानिकताको मापदण्ड पूरा गर्न सकेन । दोहोरो राहदानीको विवाद यथावत् छ भने अर्कोतिर केही नेताहरुको ग्रीनकार्डवाला मसला मिडियाले पाइरहन्छन् । यस्ता व्यवहारहरु पुरानामा पनि यथावत् छ ।
मानव तस्करीका साथै केही भिसा सिफारिस पुरानाले गर्दै आएका थिए । अहिले नयाँ नेताहरू पनि केही कम छैनन् । यसरी कानुनी वैधानिकता र पारदर्शितामा नयाँ भनिएका नेताहरू पुरानासँग फरक देखिएनन् । आलोचना गर्नेहरूलाई गाली, प्रश्न उठाउनेलाई देशद्रोही, अनि नेताको पूजा । यो त पुराना दलका कार्यकर्ताले वर्षौंदेखि गर्दै आएका थिए । अहिले नै सञ्जाल खोल्नुहोस, नयाँहरुको पोस्टहरु भत्काउने, जलाउने वा सिध्याउने बाहेक केही हुँदैन । नतिजा, सार्वजनिक सम्पत्ति ध्वस्त पारेको र लुटेको दृश्य विगतमा भन्दा हजारौं गुणा बढी देखियो ।
नेपालमा सहकारी ठगीको लामो इतिहास छ र पुरानै दलका धेरै त्यसमा सम्बन्धित छन् । केही कारबाहीमा वा अनुसन्धानमा परेक छन् भने कोही कसैको आशीर्वादले बचेका पनि छन् । अहिले नयाँ दलका नेता पनि सहकारी ठगी प्रकरणमै अनुसन्धानको दायरामा परेका छन् ।
नयाँ होस् वा पुरानो जनता ठग्ने काम यथावत् छ । तिनका समर्थक जनताले यसलाई गम्भीरतापूर्वक लिएका भए पार्टीलाई आन्तरिक सुधार गर्न बाध्य पारिन्थ्यो । तर बथानले नयाँ वा पुराना गोठालोहरूलाई ढाकछोप गरिरहन्छन् ।
पुराना दलका नेताहरू विमान खरिद घोटाला, विभिन्न जग्गा प्रकरण, नक्कली शरणार्थी काण्ड, ठेक्का–व्यापारमा संलग्नता, यौन दुर्व्यवहार प्रकरण आदिमा फस्दै आएका छन् ।
त्यस्तै नयाँ दलकै एक सांसद अडियोमा व्यापारीसँग २ करोड मागेको भन्दै फसे । अन्ततः उनको सांसद पद निलम्बन भए । पोखराको लिची बगानसँग सम्बन्धित जग्गा घोटालामा संलग्न भएको अर्को अडियो सार्वजनिक भयो नयाँ दलकै नेताको ।
अर्को काठ तस्करीसँग सम्बन्धित अडियो बाहिरिएपछि वा बजेट अनियमितताको आरोपपछि कसैको राजीनामा आयो वा पदमुक्त भयो ।
गोठालो बदल्नु मात्रै पर्याप्त हुँदैन, बथान नबदलेसम्म कहानी उस्तै रहन्छ । यसको समाधान बथान आफैँ बदलिए मात्रै गोठालो बदलिन्छ । समस्या नेतामा मात्र होइन, जनतामा पनि छ ।
जेनजीको प्रदर्शनमा देखिएको लुटपाट र विध्वंसको त कुरै गर्न पर्दैन, प्रहरीले केही दिनमा लाखौं सूचना प्राप्त गर्नेछन् । यसले प्रष्ट के देखाउँछ भने नयाँहरुभित्र पनि पुरानै रोग छ । थोरै सिट भएका नयाँ दलहरू वा स्वतन्त्र समूहमा पनि आन्तरिक फुट, पैसाको विवाद, पदको मोह र सम्राट बन्न चाहना उस्तै देखियो । यसरी नयाँको नेतृत्व नै वैधानिकता, पारदर्शिता र आर्थिक अनुशासनका गम्भीर प्रश्नमा अल्झिएको छ । तर बथानले फेरि मौन समर्थन गरिरहन्छ ।
सामाजिक सञ्जालमा अन्धभक्तिको बथान
नयाँ दलहरु वा समूहको सबैभन्दा ठुलो हतियार सामाजिक सञ्जाल बन्यो । भदौको जेनजीको आन्दोलन गर्ने, गराउने र पछि विध्वंस मच्चाउन सामाजिक सञ्जालको भरपुर प्रयोग मात्र भएको छैन, अन्तरिम सरकारको छनोट पनि डिसकर्डबाट भएको छ । सरकारको नेतृत्व छनोटका लागि अपनाइएको यो विधिलाई राम्रै मान्नुपर्छ ।
यसले देखाउँछ सन्देश पुर्याउने शक्ति नयाँ दल वा समूहसँग छ । तर समस्या के भयो भने यो शक्ति नीतिगत बहसमा होइन, जनताका भावनासँग खेल्न, नाराबाजी, चरित्र हत्या र भिडन्तमा मात्रै खर्चियो । साथै, भदौ २४ गते देशको सम्पत्ति ध्वस्त पार्न समेत प्रयोग भयो भन्नु गलत हुँदैन ।
समर्थकहरूको व्यवहार पुरानै बथानजस्तै रह्यो । नेताको गल्ती छोप्ने, आलोचकलाई गाली गर्ने, आँखा बन्द गरेर समर्थन गर्ने ।
विचारविहीन राजनीति
पुराना दलहरूले कम्तीमा विचार बोकेका थिए( समाजवाद, उदार लोकतन्त्र, जनवाद, गणतन्त्र, समावेशी, धर्म निरपेक्षता । अभ्यासमा धेरै धोका भए पनि ढाँचा थियो र केही उपलब्धि पनि छन् ।
नयाँ पुस्ताका नेताहरूको वैचारिक अस्पष्टता झन् गम्भीर समस्या हो । एक सांसदले खुलेरै भने( ‘हामी कहिलेकाहीं दायाँ, कहिलेकाहीं बाँया हुन्छौं ।‘ यसले उनीहरूको स्पष्ट नीति–दिशा नभएको देखाउँछ । सांसद पदबाट कोही राजीनामा गर्छन्, अर्को दिन संसद् विघटनको विरोध गर्छन् भने अर्कोथरी सिंहदरबार जलाएर संसद विघटन गरेर र सेनालाई जिम्मा लगाउन चाहन्छन् ।
जनताको पीडा, मूल्यवृद्धि, युवाको विदेश पलायन, भ्रष्टाचारका मुद्दा उनीहरूले उठाउँछन् । तर आफ्नै नेतामाथि प्रश्न उठ्दा मौन बस्छन् ।
विरोधको शैलीमा नयाँले पनि पुराना दल झैं आन्दोलनलाई हिंसामा धकेलेर देशलाई ध्वंस पार्ने प्रयास गरेको देखियो । यसले उनीहरूको व्यवहार पनि पुरानाकै जस्तै ‘गोठालो राख्ने’ प्रवृत्तिबाट फरक छैन भन्ने देखाउँछ ।
जब बथानलाई दिशा थाहा छैन, गोठालोले पनि दिशा दिन खोज्दैन । हिजोआजका घटनाक्रम त्यसको ज्वलन्त उदाहरण हो ।
अस्वीकार्यलाई सामान्य बनाउने प्रवृत्ति
नेपालको राजनीतिमा अस्वीकार्य कुरालाई सामान्य बनाउने संस्कार गहिरो छ ।
यौन दुर्व्यवहारमा फसेका नेताहरू पुनः राजनीतिमा फर्किन्छन् । जहाज खरिद, नक्कली शरणार्थी प्रकरणदेखि भिजिट भिसा काण्डहरु आए, तर दोषीले सजाय पाएन ।
नयाँ दलले पनि आफ्ना मान्छे बचाउनमै जोड दियो । जलाउन लगाउने वा हत्या गर्ने सबैलाई पौरखी काम मानिन थाल्यो । जब बथान मौन बस्छ, गोठालोलाई अनियमितता सामान्य बनाउन सजिलो हुन्छ ।
सत्ता र अनियमितताको निरन्तरता
सत्ता बाँडफाँडमा पुराना दल आलोचित छन् । तर नयाँ दलले पनि छिट्टै त्यही बाटो समाते ।
मन्त्री पदको मोह, मन्त्रालय बाँडफाँडमा प्राथमिकता, घोटाला सतहमा आउँदा ‘षड्यन्त्र’ भन्ने पुरानै संवाद ।
नातावाद वा कृपावाद र कसको मान्छे ।
सहकारी, राहदानी, जग्गा कारोबार, सांसदको अडियो वा भर्खर बन्दै गरेको मण्डलको भागबण्डा, यी सबै प्रकरणमा नयाँ दल वा समूहको शैली पुरानोकै जस्तो देखियो । नेपाल मात्र होइन, छिमेकी मुलुकमा पनि उस्तै समस्या छ । भारतमा आम आदमी पार्टीले दिल्लीमा नयाँ आशा जगायो, तर भ्रष्टाचारका मुद्दा आयो । श्रीलंकामा नयाँ शक्तिले आन्दोलनमार्फत सरकार ढाल्यो, तर नेतृत्वमा पुग्दा पुरानै प्रवृत्ति देखियो ।
पाकिस्तानमा नयाँ विकल्प उदायो, तर सत्तामा पुगेपछि गठबन्धन, शक्ति खेल र संस्थागत विवादमै अल्झिए । नेपाल पनि त्यही दिशामा त होइन रु
समग्रमा, गोठालो बदल्नु मात्रै पर्याप्त हुँदैन, बथान नबदलेसम्म कहानी उस्तै रहन्छ । यसको समाधान बथान आफैँ बदलिए मात्रै गोठालो बदलिन्छ । समस्या नेतामा मात्र होइन, जनतामा पनि छ ।
९डा। कँडेल जेनेभामा कार्यरत मेडिकल एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन् । यी विचार लेखकका नितान्त व्यक्तिगत हुन् ।०