
सत्यनारायण शर्मा
अव केही दिन केही हप्ता केही समय पछि नेपाली महिलाहरुको महान पर्व तिज आउदै छ । आउने तिज पर्वमा नेपाली महिलाले एक महिना अगाडी देखिनै नाता गोता छिमेकी ,कार्यालय , विधालय ,वैकमा कलेजमा ,सहकारीमा ,समुहमा पालैपालो दर खाने चलन चलेको छ । यो दर खाने नेपालीको लागी महगो आर्थीक भार पर्ने रिनकर्जा खोजनु पर्ने अवस्था आएको छ ।
पहिला पहिला नेपालीहरुको महगो पर्व भनेको दशैं तिहार थियो । आज दशैं तिहार भन्दा वढी तडकभडक खर्चिलो पर्वको रुपमा देखा परेको । त्यतिमात्र कहा होर हुन त हाम्रा नेपाली दिदी वहिना हिन्दु संसकारकी हुन्छ भन्छन तर हिजोआज तिजको मोकापारेर दर खाने नाममा जाड रक्सी समेत खाएर संस्कृती परमपरालाई दुसित वनाइसकेका छन ।
नेपाली महिलाहरु विदेशी महिलाको नक्कल गर्दै आएका छन । जुन हाम्रो समाजमा सोहाउदैपचने छैन । हाम्रा दिदीवहिनीहरु केही दिनका लागी तेल भिसामा के विदेश जानपाएका छन । उनीहरुले विदेशमा विदेशी महिलाले सानो सानोकपडा लगाएर अर्धनग्न भई हिडेको, होटल रेष्टुरेन्टमा जाड रक्सी खाएको देखेर नेपालमा पनि विदेशकै जस्तो नक्कल गर्न खोजेका छन । नेपालमा केही वर्ष पहिले माइतवाट वोलाउदा मात्र दर खाने चलन थियो ।
अहिले छिमेकीले पनि खुवाउनु पर्ने र छिमेकीलाई पनि खुवाउनु पर्ने अवस छ । कार्यालयमा सवै कर्मचारीहरु मिलेर चन्दा उठाएर दर खानु पर्नै । शिक्षक शिक्षिकाले विधालयमा चन्दा उठाएर दर खानु पर्ने । एक जना महिलाले एक महिना सम्म दर खाने हो भने खर्च कति हुन्छ । दर खादैमा केही विग्रीदैन तर दर खाने नाममा जाड रक्सी खाएर डान्स गर्ने लडीवडी गर्ने , आफनो ज्यान सम्हाल्न नसक्ने । महिला भनेको लक्षमी हुन, महिला घरको सिंगार हुन, महिला भनेको घरको समाजको इजत हो ।
महिला कसैको छोरी कसैको वुहारी कसैको श्रीमती , कसैको आमा , कसैको दिदी वहिनी हुन तर त्यही महिला समाजको अगाडीमा जाडरक्सी खाएर हिडदा अव आउने पुस्ताका छोरा छोरीले के शिक्षा पाउछन । त्यसैले अव दर वर्षमा दर एक दिन मात्र खाउ । अरु पर्व वर्षमा एक दिन मात्र हुने तिज किन महिना दिन अगाडी देखि मनाउने ? महिना दिन अगाडी देखि दर खाने महिलाईलाई जिल्ला प्रसाशन कार्यालयले कारवाही गर्नु पर्छ । अनीमात्र नेपाली संस्कृती जोगीन सक्छ । जो संग जति पैसा छ उसले त्यतिनै धेरै चाडवाडको नाममा फजुल खर्च गर्ने र नेपाली संस्कृतीलाई धमीलो वनाउने काम गरिरहेका छन । सत्यनारायण शर्मा