डा। शोभाकर पराजुली
नेपाली कांग्रेसको सभापति निर्वाचन सामान्य आन्तरिक प्रतिस्पर्धा मात्रै होइन । यो चुनावमा पार्टीले एउटा कठोर प्रश्नको जवाफ दिनुपर्नेछ । कांग्रेस बचाउने नेतृत्व चाहिन्छ कि कुर्सी मिलाउने सभापति रु यही प्रश्नको केन्द्रमा डा। शेखर कोइरालाको नेतृत्व बहस उभिएको छ ।
मूलतः अहिले चुनाव जित्ने होइन । कांग्रेस जोगाउने कुरा हो । कांग्रेसले विगतमा आफ्नो आन्तरिक जीवनको चुनावी गणित धेरै मिलायो । तर संगठन जोगाउन सकेन । सभापति निर्वाचनलाई सत्ता नजिक पुग्ने सिँढी बनाइयो, पार्टी सुधार्ने उपकरण बनाइएन । डा। शेखर कोइरालाको सवाल यही हो– पहिला पार्टी, अनि मात्र सत्ता ।
सत्ता चाहने धेरै छन् तर पार्टी बनाउने भने न्यून छन् । अब नेपाली कांग्रेसलाई केवल गुटको मुखिया होइन गुट तोड्ने सभापति चाहिएको छ । मुलुकभरका कार्यकर्ता, पार्टीका मौन समर्थक तथा विदेशमा रहेको ठुलो नेपाली समाजले नेपाली कांग्रेसमा बदलाव खोजिरहेको छ । नयाँ र ताजा सुरुआत खोजिरहेको छ । पुरानो र नयाँ पीढी जोड्ने सेतु व्यक्तित्वको प्रतीक्षामा छन् उनीहरू ।
कांग्रेसलाई आज विपक्षीले नभएर गुटले कमजोर बनाएको छ । सभापति गुट सन्तुलनकर्ता भएन भने कांग्रेस कहिल्यै उठ्दैन । डा। शेखर कोइरालासँग जोडिएको अपेक्षा स्पष्ट छ– गुट चलाउने होइन, गुट समाप्त गर्ने नेता चाहियो । गुट चलाएर, घुर्की दिएर जितिएको सभापतित्व पार्टीको हार हो । पुस्तान्तरण केवल भाषणमा होइन अब कुर्सीमा देखिनुपर्छ ।
क्जष्खबm ऋझभलत
आजको दिनमा वैचारिक अस्पष्टता नै कांग्रेसको पहिचानको सङ्कट हो । आजको कांग्रेस के हो भनेर सोध्दा नेताले पनि गोलमटोल जवाफ दिन्छन् । लोकतान्त्रिक समाजवाद केवल नारामा मात्र बाँकी छ ।
कांग्रेसमा युवा ‘भोलिको आशा’ भनेर प्रयोग हुन्छन् । आजको निर्णयकर्ता हुँदैनन् । अब त्यस्तो अवस्था सधैँ रहनु हुँदैन । डा। शेखर कोइरालाको नेतृत्व बहस घोषणाको होइन । त्यही एकै ठाउँमा जकडिएको कुर्सी नयाँ पङ्क्तिमा सार्ने साहसको परीक्षा हो । युवाले खोजेको ‘पोस्टर’ हो कि ‘पोटेन्सियालिटी’ भन्ने व्यवहारिक जवाफको प्रतीक्षामा छन् सबै ।
ल्बदष् िदबलप
आजको दिनमा वैचारिक अस्पष्टता नै कांग्रेसको पहिचानको सङ्कट हो । आजको कांग्रेस के हो भनेर सोध्दा नेताले पनि गोलमटोल जवाफ दिन्छन् । लोकतान्त्रिक समाजवाद केवल नारामा मात्र बाँकी छ ।
डा। शेखर कोइरालाको धार स्पष्ट छ– कांग्रेस सत्तामुखी दल होइन, लोकतान्त्रिक विवेकको संस्था हो । विचार हरायो भने संगठन पोस्टरमा मात्र बाँच्छ । सरकारले पार्टी चलाउने कि पार्टीले सरकार रु कांग्रेस सत्तामा पुग्नेबित्तिकै पार्टी मौन हुन्छ तर सरकार सर्वशक्तिमान् हुन पुग्छ । विकृति आउने त्यहीबाट हो ।
यो रोग सभापतिले नै निको पार्नुपर्छ । त्यसैले डा। शेखर कोइरालाको नेतृत्व बहस पार्टीलाई सरकारको छायाबाट निकाल्ने अडान हो । पार्टी बोल्न नसक्ने भए सभापति किन चाहियो रु जितको गणितभन्दा भरोसाको राजनीति चाहिएको छ । कांग्रेसले पटक–पटक सरकार त बनायो तर जनताबाट भने झनै टाढा गयो । गणितले सरकार टिकाउँछ तर भरोसाले इतिहास बनाउँछ । डा। शेखर कोइरालाको राजनीति यही भरोसा पुनर्निर्माणको दाबी हो ।
मत किन्ने राजनीति छोटो हुन्छ । भरोसा जित्ने राजनीति दीर्घकालीन हुन्छ । अन्तिम फैसला गर्ने मतपत्रमार्फत अब नाम होइन नियत छानिँदैछ । यो सभापति निर्वाचनमा कांग्रेसले व्यक्ति छान्दै छैन– यो चुनावमा गुट कि संस्था, कुर्सी कि सुधार, सत्ता कि सिद्धान्त छानिँदैछ ।
डा। शेखर कोइरालाको नेतृत्व बहस कुनै गुटको अभियान होइन बरु कांग्रेस परिवर्तन गर्न अझै बाँकी छ कि छैन भन्ने अन्तिम परीक्षण हो । यो चुनावमा कुर्सी कसले पाउँछ भन्ने होइन, कांग्रेस बाँच्छ कि बाँच्दैन भन्ने छिनोफानो गर्ने अवसर हो ।
नेपाली कांग्रेस अझै पनि आफूलाई आन्दोलनको इतिहासबाट वैध ठान्ने मानसिकतामा अल्झिएको देखिन्छ ।
नेपाली कांग्रेस नेपालमा लोकतान्त्रिक आन्दोलनको सबैभन्दा पुरानो र निर्णायक राजनीतिक शक्ति हो । राणा शासनविरुद्धको संघर्षदेखि संविधानसभासम्मको यात्रामा कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता र समावेशी राज्यको आधार निर्माणमा ऐतिहासिक योगदान दिएको छ । तर विडम्बना , यही गौरवशाली इतिहास आज कांग्रेसका लागि शक्ति मात्र नभएर चुनौती पनि बन्दै गएको छ ।
नेपाली कांग्रेस अझै पनि आफूलाई आन्दोलनको इतिहासबाट वैध ठान्ने मानसिकतामा अल्झिएको देखिन्छ । बदलिँदो समाज, प्रविधि र राजनीतिक चेतनाको सन्दर्भमा कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक संवाद अपेक्षित गतिमा अद्यावधिक हुन सकेको छैन । इतिहासको स्मरण प्रेरणाका लागि हुनुपर्थ्यो । तर अक्सर आत्मसन्तुष्टिको कवच बन्दै गएको छ ।
कांग्रेसभित्र पुस्तान्तरण औपचारिक रूपमा स्वीकार गरिए पनि व्यवहारमा त्यो सीमित व्यक्तित्व वरिपरि घुमिरहेको छ । युवा पुस्तालाई भाषणमा अवसरको कुरा गरिन्छ । तर निर्णय तहमा उनीहरूको सार्थक उपस्थिति कमजोर छ । नेतृत्व परिवर्तनलाई खतरा ठान्ने संस्कृतिले संगठनलाई गतिहीन बनाइरहेको छ । कांग्रेसको सबैभन्दा पुरानो र गहिरो समस्या गुटबन्दी हो । विचार र नीतिभन्दा पनि व्यक्ति र शक्ति सन्तुलनका आधारमा गुट निर्माण हुनु पार्टीको संस्थागत क्षयको सङ्केत हो ।
गुटबन्दीले कांग्रेसलाई ‘संगठन’ भन्दा ‘संघर्षरत समूहहरूको जमात’ जस्तो बनाइरहेको छ । लोकतान्त्रिक समाजवाद कांग्रेसको औपचारिक वैचारिक आधार हो । तर व्यवहारमा कांग्रेस न त स्पष्ट समाजवादी कार्यक्रमसहित देखिन्छ न बजारमुखी नीतिप्रति इमानदार वैचारिक बहसै गर्छ । नयाँ पुस्ताका मतदाताले सोध्ने प्रश्न सरल छ– कांग्रेस के मानेमा फरक छ रु यसको स्पष्ट जवाफ दिन कांग्रेस अझै असमर्थ देखिन्छ ।
युवा मतदाता केवल नाराले होइन, दृष्टि, अवसर र विश्वसनीयताले आकर्षित हुन्छन्, जहाँ कांग्रेस कमजोर देखिन्छ ।
कांग्रेस सत्तामा पुग्दा ‘स्थिरता’ का नाममा यथास्थितिवादी अभ्यासमा रमाउने आरोप लाग्ने गरेको छ । प्रशासनिक सुधार, सुशासन, दल–राज्य दूरी, भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा कांग्रेसको कार्यसम्पादन अपेक्षाअनुसार देखिँदैन । यसले कांग्रेसलाई परिवर्तनको वाहक होइन व्यवस्थापक पार्टीका रूपमा सीमित गरिदिएको छ । डिजिटल युगमा राजनीति केवल सभा र विज्ञप्तिमा सीमित छैन । तर कांग्रेसको संवाद शैली अझै पुरानै ढाँचामा अडिएको देखिन्छ ।
युवा मतदाता केवल नाराले होइन, दृष्टि, अवसर र विश्वसनीयताले आकर्षित हुन्छन्, जहाँ कांग्रेस कमजोर देखिन्छ । संघीयता कांग्रेसकै नेतृत्वमा स्थापित भएपनि यसको प्रभावकारी कार्यान्वयन, प्रदेश–स्थानीय तहसँगको सम्बन्ध र समावेशी शासन अभ्यासमा कांग्रेसले अपेक्षित नेतृत्व दिन सकेको छैन । नीति बनाउने र त्यसलाई जीवन बनाउने बीचको दूरी कांग्रेसको अर्को चुनौती हो ।
सङ्कट कि अवसर १ नेपाली कांग्रेस आज यहि गम्भीर दोसाँधको मोडमा उभिएको छ । यो अवस्था पतनको सङ्केत मात्र पक्कै होइन आत्मसमीक्षा र पुनर्निर्माणको अवसर पनि हो । कांग्रेसले आन्तरिक लोकतन्त्र बलियो बनाउँदै पुस्तान्तरणलाई व्यवहारमा उतारेको खण्डमा, स्पष्ट वैचारिक दिशा तय गरेमा तथा नागरिकसँग नयाँ भाषामा संवाद गर्न सकेको अवस्थामा अझै नेपालको लोकतान्त्रिक राजनीतिमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्षम छ । नत्र, इतिहासको भारी बोकेर भविष्य गुमाउने खतरा सधैं रहिरहनेछ ।
नेपाली कांग्रेसको सबैभन्दा ठुलो चुनौती विपक्षी होइन, आफ्नै परिवर्तन क्षमताको परीक्षा हो । नेपाली कांग्रेस आज केवल सत्ताको गणितमा अल्झिएको दल होइन । आफ्नै अस्तित्व र दिशामाथि प्रश्न उठिरहेको ऐतिहासिक मोडमा उभिएको पार्टी हो । यही सन्दर्भमा डा। शेखर कोइरालाको नेतृत्व बहस कुनै व्यक्तिको महत्वाकांक्षा मात्र होइन । कांग्रेसको आत्मसुधार सम्भव छ कि छैन भन्ने परीक्षण बिन्दुका रूपमा देखा परेको छ ।
नेपाली कांग्रेसको वर्तमान सङ्कट विपक्षी दलको चुनौती भन्दा पनि आन्तरिक जडता, गुटबन्दी र वैचारिक अस्पष्टतासँग गाँसिएको छ । यस्ता बेला नेतृत्व बहस व्यक्तित्व भन्दा प्रणाली र संस्कृतिको बहस हुनुपर्छ । डा। शेखर कोइरालाको उदय यही प्रश्नसँग जोडिएको छ– के कांग्रेस अब पनि व्यक्ति–केन्द्रित शक्ति सन्तुलनमै सीमित रहनेछ कि संस्थागत नेतृत्वतर्फ मोडिनेछ रु
गुटबन्दीको विकल्प कि अर्को गुट भन्ने पनि महत्वपूर्ण प्रश्न छ । कांग्रेसको दीर्घकालीन रोग गुटबन्दी हो ।
कोइराला नाम कांग्रेसका लागि केवल इतिहास होइन नैतिक दायित्व पनि हो । तर डा। शेखर कोइरालाको पहिचान केवल वंशीय विरासतमा सीमित छैन । पार्टीभित्र उनी प्रायःविधि र प्रक्रियाको पक्षधर, आन्तरिक लोकतन्त्रको वकालत गर्ने तथा सत्ता भन्दा संगठनलाई प्राथमिकता दिनुपर्ने धार प्रस्तुत गर्ने नेताका रूपमा चिनिन्छन् । नेतृत्व बहस यहाँ अमुक नामलाई अघि सारेर थालिएको वुद्धिविलास पक्कै होइन राजनीतिक शैलीको विमर्श हो ।
गुटबन्दीको विकल्प कि अर्को गुट भन्ने पनि महत्वपूर्ण प्रश्न छ । कांग्रेसको दीर्घकालीन रोग गुटबन्दी हो । डा। शेखर कोइरालासँग जोडिएको मुख्य अपेक्षा यही हो– उनले पनि गुटको नेतृत्व गर्नेछन कि गुटभन्दा माथि उठ्ने राजनीतिक संस्कार निर्माण गर्न सक्नेछन् रु
उनको नेतृत्व गुट सन्तुलनमै सीमित भयो भने यो बहस पनि अरूजस्तै अर्थहीन बन्नेछ । तर यदि उनले संस्थागत सुधारलाई प्राथमिकता दिए भने कांग्रेसको चरित्र नै बदलिन सक्छ । डा। शेखर कोइरालाको नेतृत्व बहस युवा पुस्तासँग गहिरो रूपमा जोडिएको छ । कांग्रेसको मुख्य कमजोरी नै युवालाई सुन्ने नभएर प्रयोग गर्ने प्रवृत्ति बनेको छ । यदि शेखर कोइरालाले युवालाई निर्णय तहमा सार्थक स्थान, वैचारिक बहसमा सहभागिता र संगठनात्मक अवसर दिन सके भने त्यो केवल पुस्तान्तरण होइन– पार्टी संस्कृतिको परिवर्तन हुनेछ ।
नेपाली कांग्रेस आज ‘मध्यमार्गी’ भन्ने नाममा वैचारिक धूमिलतामा फसेको छ । डा। कोइरालाले बारम्बार लोकतान्त्रिक मूल्य, संवैधानिकता र विधिको शासनको कुरा उठाएका छन् । नेतृत्व बहसको सार यही हो– कांग्रेस सत्ता जित्ने मेसिन बन्ने कि लोकतान्त्रिक मूल्यको संस्थागत संरक्षक रु कांग्रेस सत्तामा पुग्दा पार्टी निष्क्रिय र सरकार केन्द्रित हुने प्रवृत्ति देखिन्छ । शेखर कोइरालाको धारले पार्टीलाई सरकारको छाया होइन त्यसलाई निर्देशन गर्ने संस्थाका रूपमा पुनर्स्थापित गर्ने सङ्केत गर्छ ।
यो दृष्टिकोण कार्यान्वयन हुन सके कांग्रेसको विश्वसनीयता पुनर्जीवित हुन सक्छ । डा। शेखर कोइरालाको नेतृत्व बहस कुनै व्यक्ति जित्ने–हार्ने प्रतिस्पर्धा मात्र होइन । यो कांग्रेसको भविष्य कुन बाटो हिँड्छ भन्ने निर्णय हो । यदि कांग्रेसले आन्तरिक लोकतन्त्रलाई आत्मसात् गर्ने, गुटभन्दा विचारलाई प्राथमिकता दिने र युवासँग भरोसाको नयाँ सम्बन्ध बनाउने नेतृत्व रोज्न सक्यो भने डा। शेखर कोइरालाको नेतृत्व परिवर्तनको सङ्केत बन्न सक्छ ।
नत्र, यो बहस पनि कांग्रेसको लामो इतिहासको कडीमा अर्को अधुरो अवसर भएर मात्र रहनेछ । डा। शेखर कोइरालाले थालेको बहसको केन्द्रीय प्रश्न व्यक्तिको छनोटमा सीमित छैन– नेपाली कांग्रेस परिवर्तन गर्न साँच्चै तयार छ कि छैन भन्नेमा केन्द्रित छ ।